कारोबार


एनसेलले ल्यायो दशैँ रिचार्ज बोनस

एनसेलले ल्यायो दशैँ रिचार्ज बोनस

नेपालखबर
भदौ २८, २०७९ मंगलबार १७:२५, काठमाडौँ

एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ। 

योजनाअन्तर्गत ग्राहकले हरेक दिन १०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् । 

यो योजना भदौ २८ गते मंगलबारदेखि सञ्चालनमा आएको छ। यो योजनाअन्तर्गत एनसेलका ग्राहकले रु १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने रु १० बोनस स्वरुप प्राप्त गर्नछन्। यो योजनाअन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ ।

यस योजना अन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी रु १५० रिचार्ज गरेमा रु २० बोनस स्वरुप प्राप्त गर्छन् । प्राप्त बोनस रकम ३ दिनको लागि मान्य रहन्छ । त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि रु २०० वा सो भन्दा बढिको रिचार्ज गरेमा ग्राहकले रु ४० बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम ७ दिनको लागि मान्य हुन्छ । 

यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । 

आफ्ना ग्राहककालागि रु १०० वा सोभन्दा बढिको रिचार्जमा बोनस ब्यालेन्स सुनिश्तित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ । यस योजनाले ग्राहकलाई चाडवाडको अवसरमा परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन र शुभकामना आदान प्रदान गर्नमा थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad