राजनीति


चोलेन्द्रको बयान आजै सक्न खोज्दा एमाले सांसदले रोके

चोलेन्द्रको बयान आजै सक्न खोज्दा एमाले सांसदले रोके

नेपालखबर
भदौ २८, २०७९ मंगलबार १७:३२, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिले सोधेका ४३ वटा प्रश्नको जवाफ दिएका छन्। पूरक प्रश्न भने सोध्न बाँकी छ। 

समितिका सभापति रामबहादुर विष्टले ४३ वटा प्रश्नको जवाफपछि सांसदहरुलाई कुनै पूरक प्रश्न भए सोध्न भनेका थिए। 

‘माननीय सदस्यज्यूहरुको कुनै प्रश्न भए समय लिएर प्रश्न सोध्न सक्नुहुन्छ’, सभापति विष्टले भने। 

तर उनलाई रोक्दै एमाले सांसद विष्णु पौडेलले आजै पूरक प्रश्न सोध्न नहुने बताए। 

‘यसो गरौँ न सभापतिज्यू, प्रश्न सोध्नका लागि बयान पहिले हाडकपीमा उतारेर प्रधानन्यायाधीशज्यूलाई सही गराउनुप¥यो। त्यसका आधारमा हामी प्रश्न गर्छौँ’, पौडेलले भने, ‘अहिले केको आधारमा प्रश्न सोध्ने त?’

त्यसपछि सांसद कृष्णभक्त पोखरेलले पनि त्यसैमा थपे। उनले बयान लिने प्रक्रिया सुरुदेखि नै त्रुटिपूर्ण रहेको बताए। हरेक दिनको बयान सकिएपछि चोलेन्द्रलाई हस्ताक्षर गराएर मात्रै पठाउनुपर्नेमा त्यसो नगरिएको बताए। 

भिडिओका सबै कुरा उतारेपछि मात्रै प्रतिप्रश्न गर्ने सांसद पोखरेलले बताए। कर्मचारीले भिडिओ हार्डकपीमा उतारेर वितरण गरेपछि मात्रै पूरक प्रश्न सोध्ने बताए। 

लालबाबु पण्डितले पनि लिखित रुपमा बयान आइसकेपछि मात्रै पूरक प्रश्न सोध्ने बताए।  

तीनै जना एमाले सांसदको प्रतिक्रियापछि चोलेन्द्रले पनि यो बयान जस्ताको तस्तै सार्दा दोहोरिने र अर्थ समेत नबुझिने हुने भएकाले आफ्नो अडिओलाई नै बयानको प्रमाणको रुपमा लिन आफूले पत्र लेख्ने बताए। 

एमाले सांसद पौडेलले बयानको अडिओ भिडिओ समितिसँग भएकाले उतारेर चोलेन्द्रलाई दिने र सच्याएर सही गरेर दिइसकेपछि मात्रै पूरक प्रश्नमा जाने बताए। 

त्यसपछि समितिले पूरक प्रश्न पछि नै सोध्ने सहमति गरेको छ। बुधबार बिहान ९ बजे समितिको बैठक बस्ने र थप निर्णय गर्ने भएको छ। सांसदकै कार्यकाल असोज २ गतेदेखि सकिने भएपनि समितिले बयान नै त्यति बेलासम्म सक्ने सम्भावना कम देखिएको छ। 

तर प्रतिवेदन नै बुझाउने गरी काम गरिरहेको समितिका सदस्य कांग्रेस सांसद मिन बहादुर विश्वकर्माले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad