कारोबार


सनराइज बैंक युनिफाइड पेमेन्ट इन्टरफेसमा आबद्ध बन्ने

सनराइज बैंक युनिफाइड पेमेन्ट इन्टरफेसमा आबद्ध बन्ने

नेपालखबर
भदौ २८, २०७९ मंगलबार १७:२१, काठमाडौँ

सनराइज बैंकले युनीफाइड पेमेन्ट इन्टरफेस नेपालसँग अन्तराबद्धता रहेको गेट वे पेमेन्ट सर्भिस प्रालिसँग सम्झौता गरेको छ। 

आज सनराइज बैंकको केन्द्रीय कार्यालय गैह्रीधारामा आयोजित एक समारोहबीच सनराइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्ट सर्भिस प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले सम्झौतापत्र आदानप्रदान गरेका हुन्। 

२१औं शताब्दीमा विश्वभरी डिजिटल प्रविधिको माध्यमबाट आर्थिक कारोबार भइरहेको सन्दर्भमा प्रविधिमा हासिल भएका उपलब्धिहरुको उपयोगमा नेपाल पनि क्रमिक रुपमा अगाडि बढिरहेको छ। सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने यूपीआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यस सहकार्यले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। 

यस सेवा सुरु भएपश्चात् प्रथम चरणमा भारतमा रहेका नेपालीले यूपीआईमार्फत सनराइज बैंकमा रहेकै बैंकखातामा सोझै रकमान्तर गर्न एवं भारतीय पर्यटकले सन्राइज बैंकका मर्चेन्टहरुमा भारतीय बैंककै एपमार्फत क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन्। 

यस सेवाले भारतबाट प्राप्त हुने बिप्रेषण सेवा लाई अझ प्रभावकारी बनाउन मदत गर्ने विश्वास बैंकले लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad