कारोबार


होटल संघले असोज ८ मा ‘हस्पिटालिटी कन्क्लेभ’ गर्दै, ७ सत्रमा हुनेछन् यस्ता छलफल

होटल संघले असोज ८ मा ‘हस्पिटालिटी कन्क्लेभ’ गर्दै, ७ सत्रमा हुनेछन् यस्ता छलफल

नेपालखबर
भदौ २८, २०७९ मंगलबार १६:२९, काठमाडौँ

होटल संघ नेपाल (हान)को आयोजनामा आगामी असोज ८ गते आतिथ्य सम्मेलन (हस्पिटालिटी कन्क्लेभ) हुने भएको छ। 

कोभिडका कारण रोकिँदै आएको सम्मेलन यसपटक हुनलागेको हो। संघको अर्धवार्षिक साधारणसभाका बखत सम्मेलन उद्घाटन गरिने भएको हो। 

एक दिवसीय उक्त सम्मेलनमा होटल क्षेत्रमा देखिएका, भोगिएका र भविष्यमा आउन सक्ने समस्याहरुको समाधान खोज्न सहयोग पुग्ने प्रकारका सत्रहरु उक्त सम्मेलनमा सञ्चालन गरिने हानले जनाएको छ। 

कोभिड–१९ को महामारीबाट पुनरुत्थानका क्रममा रहेको व्यवसायलाई चलायमान बनाउन नयाँ तरिकाको बजारीकरण गरिनुका साथै केही नयाँ अभ्यासहरु प्रयोग गर्दै नेपाली होटल उद्योगको स्तरीयता कायम राख्न र समग्र पर्यटनको विकासका लागि यस सम्मेलनले केन्द्रीय भूमिका खेल्ने विश्वास लिइएको आयोजकले जनाएको छ।

सम्मेलनमा सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गर्ने स्वदेशी तथा विदेशी विज्ञहको सहभागिता हुने आयोजकले जनाएको छ। 

७ सत्रमा के–के छलफल? 
– दक्षिण एसियाली यात्रा : बहुब्रान्डको उदय, विभिन्न सम्झौताको निर्णय र उद्योगको बदलिँदो अनुहार – विन्धाम होटेल्स 

–डिजिटल सेल टच पोइन्ट्स ः डिजिटल डिस्ट्रिब्युसन प्लेटफर्मप्रतिको बुझाइ, अनलाइन राजस्वलाई चुस्त राख्ने परिधि र डिजिटल मार्केटिङ– संसारसँग कसरी आतिथ्य ब्रान्डहरुले सञ्चार गर्छ भन्नेमा आएको परिवर्तन 

–सेवा चुस्त राख्न होटल अपरेसनहरुलाई आईटीईएससँग तालमेल 

–नीतिगत जटिलताको सहजीकरण 

– होटल उत्पादनहरुको मानकीकरण 

–तालिमप्राप्त एचआरको भूमिका÷महिला कर्मचारी र उद्यमीहरुको प्रभाव 

–दिगोपना– ऊर्जा पर्याप्तता, संरक्षण, पुनर्प्रयोग, वातावरणमैत्री अभ्यास– दक्ष प्रणालीको पृथ्वीमा सकारात्मक प्रभाव र कम्पनीको बटमलाइन 

यी सत्रहरुले होटल सञ्चालमा नीतिगत, दीर्घकालीन रुपमा होटलका विभिन्न विभागहरुमा प्रभावकारी हुने हुँदा सोही अनुसारका सुझावहरु नेपाल सरकारका सम्बन्धित निकायमा प्रस्तुत गरिने आयोजकले जनाएको छ। 

अर्धवार्षिक साधारणसभा र आतिथ्यता सम्मेलन दुवै दिन होटलहरुमा प्रयोग हुने वस्तु, सेवा तथा सामग्रीहरु उपलब्ध गराउने कम्पनी तथा व्यवसायीहरुलाई समेटी वृहत प्रदर्शनी रहनेछ भने संघबाट प्रकाशित गरिएको कफी टेबुल बुक ‘नेपाल ः अ जर्नी फ्रम इस्ट टु वेस्ट’ पनि विमोचन गरिने कार्यक्रम रहेको संघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad