समाज


नौ बुँदे घोषणापत्र जारी गर्दै नेपाल युवा उद्यमशीलता सिखर सम्मेलन सम्पन्न

नौ बुँदे घोषणापत्र जारी गर्दै नेपाल युवा उद्यमशीलता सिखर सम्मेलन सम्पन्न

नेपालखबर
भदौ २८, २०७९ मंगलबार १६:४२, काठमाडौँ

युवा उद्यमशीलता प्रवर्द्धनका लागि स्टार्टअप निति ल्याउनुपर्ने र युवाहरुको नवप्रवर्तनीय सोच माथि लगानी गर्न छुट्टै आइडिया बैंक स्थापना गर्नुपर्ने मागसहित काठमाडौंमा जारी दोस्रो नेपाल युवा उद्यमशीलता सिखर सम्मेलन २०२२ सम्पन्न भएको छ। 

बागमती प्रदेश सरकार, नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजना सम्पन्न सम्मेलनले स्टार्टअप इकोसिस्टम निर्माणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने, नेपाली उत्पादन र सोचलाई संघीय, प्रदेश र स्थानीय तीनवटै सरकारले प्राथमिकता दिनुपर्ने, स्टार्टअपका लागि परियोजना धितो राखेर लोन दिने ब्यवस्था गर्नुपर्ने र यसको प्रक्रिया सर्वसुलभ र झन्झटरहित हुनुपर्ने निष्कर्ष निकालेको छ।

सरकारले दिने सहुलियतपूर्ण कर्जा सहि ठाँउमा जानुपर्ने सुझाव पनि दिएको छ। 

सम्मेलनको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए भने समापन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गरेका थिए। 

सम्मेलन मूल आयोजक समितिका संयोजक विशाल गैरेले बैंक, वित्तिय संस्था, प्राइभेट इक्विटी, भेन्चर क्यापिटल र विभिन्न प्राइभेटमार्फत नेपालमा युवा उद्यमशीलता प्रवर्द्धन हुँदै गएको सन्दर्भ उल्लेख गर्दै आगामी दिन नेपालको युवा उद्यमका लागि सकारात्मक रहेको निष्कर्ष समेत निकालेको जानकारी दिए। 

युवा उद्यमका चुनौती र अवसर दुवै भएकोले चुनौतीलाई अवसरमा बदल्न डिजिटलमैत्री उद्यमको परिकल्पनामा राष्ट्रिय युवा परिषद् रहेको परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए।

सम्मेलनमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, प्रधानमन्त्रीका आइटी सल्लाहकार दिपेश बिष्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाल दुरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष पुरुषोतम खनाल, वरिष्ठ उद्यमी पवन गोल्यान, हरिभक्त शर्मा, भवानी राणालगायतले बिभिन्न सेसनमा आफनो धारणा राखेका थिए। 

त्यसैगरी उद्यमी रञ्जित आचार्य, मौसमी श्रेष्ठ, बैंकर किरण कुमार श्रेष्ठ, मनोज ज्ञवाली, प्रविन बस्नेत, डा. नरबहादुर बिष्ट, डा.छिरिङ लामा, इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंसीलगायतका वक्ताहरुले उद्यमशीलताका अनुभव, धारणा र अहिलेको अवस्थाका सम्वन्धमा युवाहरूसँग अन्तरक्रिया गरेका थिए। 

युवाहरुको नवीन ज्ञान, सोच, सीप वा प्रविधिको प्रयोग गरेर युवाहरुले पनि बजारको सम्भाव्यता अध्ययन गरेर नयाँ आइडिया ल्याउनुपर्ने सम्मेलनको निष्कर्ष रहेको छ।

सम्मेलनमा ५५ जिल्लाका युवा उद्यमी र युवा उद्यमी बन्न चाहने करिव ४०० युवाहरुको सहभागिता रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad