कारोबार


भायानेटको दशैँ अफर : अल्ट्रा-फाई ग्राहकले मेस राउटर पाउने

भायानेटको दशैँ अफर : अल्ट्रा-फाई ग्राहकले मेस राउटर पाउने

नेपालखबर
भदौ २७, २०७९ सोमबार १५:२५, काठमाडौँ

आउँदै गरेको दशैंमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यले भायानेटले आकर्षक अफर ल्याएको छ। 

यो अफरअन्तर्गत अब भायानेटको अल्ट्रा-फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन्।

यो दशैं भायानेटको अल्ट्रा-फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र रु. ९९९ प्रति महिनामा पाउन सकिन्छ। यो प्याकेजमा आउने डुअल ब्यान्ड ओ.एन.यु सँगै अब ग्राहकहरूले नोकियाको बीकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर मध्य एक छानेर राख्न पाउनेछन्।

यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्छ।  ग्राहकले मेस राउटर लिनका लागि रु. ४००० र एमआई ४.ए राउटरको लागि रु. १५०० डिपोजिट गर्नु पर्नेछ। कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमा घरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको हो। 

साथै भायानेटले वार्षिक सदस्यतामा मात्र रु. १५० प्रति महिनामा भायाटिभी पनि उपलब्ध गराएको छ। यसरी भायाटिभी लिँदा ग्राहकले पहिलो सेट-टप-बक्स मात्र रु. ५०० डिपोजिट गरी प्राप्त गर्न सक्नेछन्।

भायानेटको अल्ट्रा-फाई लाइन अप बजारमा उपलब्ध रहेको सबैभन्दा आकर्षक इन्टरनेट र टिभी प्याकेज मध्ये पर्दछन्। उच्च गतिको इन्टरनेट आवश्यकता भएका प्रयोगकर्ताहरूका लागि अल्ट्रा-फाई लाइन अप विशेष मानिएको छ।

अहिले चलिरहेको अल्ट्रा-फाई लाइन अपको मुख्य विशेषता भनेको यसले ग्राहकलाई इन्टरनेट मात्रै वा इन्टरनेटसँगै टिभीका विभिन्न प्याकेजबाट छान्न पाउने सुविधा दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad