कारोबार


भारतले चामल निर्यातमा शुल्क बढाउँदा विश्वभर मूल्य बढ्नसक्ने

भारतले चामल निर्यातमा शुल्क बढाउँदा विश्वभर मूल्य बढ्नसक्ने

फाइल तस्बिर


नेपालखबर
भदौ २७, २०७९ सोमबार १५:२९, काठमाडौँ

भारतको पछिल्लो निर्णयले विश्वमा चामलको मूल्य बढ्नसक्ने देखिएको छ। 

यसले खाद्य क्षेत्रको महंगी बढ्नसक्ने देखिएको एजेन्सीहरुले जनाएका छन् ।

भारत, थाइल्यान्ड, भियतनाम र म्यानमारजस्ता मुख्य चामल निर्यात गर्ने देशमा मूल्य उच्च हुँदै गएको छ । व्यापारी तथा विश्लेषकहरुका अनुसार यसले खाद्य आयातकर्तालाई थप मारमा पार्नेछ । यसअघि नै प्रतिकूल मौसम र रुस–युक्रेन युद्धको मार उनीहरुले खेपिसकेका छन् ।

भारतले बिहीबार मात्रै कनिकाको निर्यातमा प्रतिबन्ध लगाएको थियो भने विभिन्न किसिमका चामल निर्यातमा २० प्रतिशत भन्सार महशुल लगाएको थियो । सोसँगै विभिन्न देशमा खाद्य सुरक्षामाथि थप दबाब हुनसक्ने देखिएको छ । योसँगै गहुँ र मकैको मूल्य समेत बढ्नसक्ने बताइएको छ ।

भारतले कडाइ गर्दा थाइ र भियतनामी चामलको माग बढ्ने देखिएको छ । तर भारतले कति समयसम्म कडाइ गर्छ त्यसमा भर पर्ने बताइएको छ । विश्वमा सबैभन्दा बढी चामल आयात चीन र फिलिपिन्सले गर्ने गरेका छन् ।

चामलको मूल्य बढ्दा यी देशलाई समस्या हुनसक्नेछ । चीनले भारतबाट कनिका समेत आयात गर्दै आएको छ । यसैबीच भियतनाम र थाइल्यान्डले चामल निर्यात बढाउने संकेत गरेको एएफपीले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad