ad ad

कारोबार


नयाँ स्टकको बाटो खुल्यो, सर्वसाधारणको लगानी हुने

नयाँ स्टकको बाटो खुल्यो, सर्वसाधारणको लगानी हुने

नेपालखबर
भदौ २३, २०७९ बिहिबार २१:३०, काठमाडौँ

नयाँ स्टक एक्सचेञ्जमा सर्वसाधारणको समेत लगानी हुने भएको छ। 

सरकारले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने नियमावली पास गर्दै सर्वसाधारणले ९० करोड रुपैयाँ बराबरको आईपीओ पाउने व्यवस्था गरेको छ।

पुँजी बजारसम्बद्ध ३ वटा नियमावली पास गरेर नेपाल धितोपत्र बोर्डले अर्थ मन्त्रालयमार्फत् मन्त्रिपरिषद् पठाएको थियो।

जसमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने धितोपत्र बजार सञ्चालन नियमावली, २०७४, स्टक ब्रोकरलाई लाइसेन्स र पुँजी वृद्धि गर्ने, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) २०६४ को चौथो संशोधन र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओमा १० प्रतिशत कोटाको व्यवस्था गर्न धितोपत्र दर्ता तथा निष्काशन नियमवाली २०७३ पाँचौ संशोधन रहेका छन्।

प्रालि तथा कम्पनीहरुले नयाँ स्टकमा १५ प्रतिशतसम्म गरी कुल ७० प्रतिशत संस्थापक र ३० प्रतिशत व्यक्तिगत तबरबाट लगानी गर्न पाउने गरी आइपीओमा जानुपर्ने व्यवस्था छ।

नयाँ स्टक एक्सचेञ्जको लागि संशोधित नियमावलीले ३ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ। सोही अनुसार ३० प्रतिशत पब्लिकमा सेयर जारी गर्दै ९० करोड रुपैयाँ बराबरको आईपीओ नयाँ स्टक एक्सचेञ्जले जारी गर्नु पर्ने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .