डिशहोममा १ वर्षको रिचार्ज गर्दा स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नं. ११ का रोमलाल अधिकारीले नगद एक लाख जितेका छन्।
क्षेत्रीय सेल्स म्यानेजर प्रदिप सुवेदीले अधिकारीलाई पुरस्कार रकम हस्तान्तरण गरेका छन्।
कार्यक्रममा वडाध्यक्ष दलबहादुर सिंजालीमगर तथा डिलरदाइ गोविन्द प्रसाद शर्मा, रुद्र श्रेष्ठ, डिशहोमको तर्फबाट अफिसर राजाराम पौडेल तथा खेम राज देवकोटाको उपस्थिति थियो।
१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाइकोमा गएर फण्ड ट्रान्सफर मार्फत तथा कुनैपनि मोबाइल पेमेन्ट सर्भिसबाट १ वर्षको रिचार्ज गर्दा २ वर्षको लागि टेलिभिजन हेर्न पाउनुका साथै हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन्।
सम्पूर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिने विश्वास कम्पनीले लिएको छ।
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ।
प्रतिक्रिया