एभरेष्ट बैंकले आफ्नो भिसा डेबिट कार्डलाई नयाँ स्वरुप दिएको छ।
नयाँ स्वरुप भएको कार्ड कन्टयाक्टलेश भएको बैंकले जनाएको छ।
बैंकले नयाँ कार्डको अनावरण गरेसँगै दराजसँग यो वर्षसम्मको विभिन्न अभियानमा सहभागी भएर आफ्ना भिसा कार्ड प्रयोगकर्ताहरुलाई छुट दिने जनाएको छ।
बैंकको सो कार्ड मोको वालेटमा लिङ्क गरेर पनि कारोवार गर्न सकिन्छ।
बैंकका उच्च पदस्थ अधिकारीको उपस्थितिमा सो नयाँ स्वरुपको कार्डको सुरुवात गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले आगामी दिनमा समेत आफ्ना कार्ड प्रयोगकर्ताहरुलाई विभिन्न सुविधा थपिँदै लगिने कुरा जनाकारी गराए।
222
Shares

प्रतिक्रिया