कारोबार


नागरिक लगानी कोषको ६५ प्रतिशत लगानी बैंकिङ क्षेत्रमा, कति छ मौज्दात?

नागरिक लगानी कोषको ६५ प्रतिशत लगानी बैंकिङ क्षेत्रमा, कति छ मौज्दात?

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १६:३६, काठमाडौँ

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले बजारमा देखिएको तरलता समस्या समाधान गर्न नागरिक लगानी कोषले प्रभावकारी भुमिका खेल्नुपर्नेमा जोड दिएका छन्। 

कोषले आयोजना गरेको वित्तीय क्षेत्रको तरलता समस्या र नागरिक लगानी कोषको भूमिकासम्बन्धी छलफल कार्यक्रममा बैंकरहरुले वित्तीय क्षेत्रमा तरलता समस्या देखिएको भन्दै कोषजस्ता संस्थाले केही मात्रामा भएपनि बजारमा तरलता अभाव न्युनीकरण गर्ने भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन्। 

कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको तर्फबाट विषयवस्तुको प्रस्तुतीकरण गरेका थिए। उनले तरलता समस्याको कारण कोषले सहभागीहरुलाई प्रवाह गर्ने ८० प्रतिशत ऋण सापटीको माग बढिरहेको, सहभागी आवास तथा सरल कर्जाको मागमा पनि वृद्धि भएको, विभिन्न बैंकहरुबाट जारी गर्ने डिबेन्चर निष्काशनमा वृद्धि हुनथालेको, खुल्ला बजार नीतिअनुरुप माग र आपूर्तिको आधारमा व्याजदर कायम नभएकोे धारणा राखे। 

उनले १५ भदौसम्मको तथ्यांकअनुसार कोषको कुल लगानीको ६५ प्रतिशत लगानी बैंकिङ क्षेत्रमा रहेको जानकारी दिए। २०७९ असार मसान्तसम्म कोषको खुद कोष मौज्दात २ खर्ब १७ अर्ब रुपैयाँ रहेको र १ खर्ब ९४ अर्ब लगानी रहेको पनि नेपालले जानकारी गराए।  

कार्यक्रममा नेपाल बैकर्स एसोसियसनका अध्यक्ष अनिल कुमार उपाध्याय, ग्लोबल आईएमई बैकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बजारमा देखिएको तरलता समस्याको बारेमा धारणा राखे। सो अवसरमा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादर थापाले कोष र बैंकहरुले आपसी सहकार्य गरी अहिले बजारमा देखिएको तरलता अभावलाई न्यूनीकरण गर्नेतर्फ विशेष जाड दिनुपर्ने खाँचोे औँल्याए। 

उनले कोषले अर्थतन्त्रमा योगदान पु¥याउनेतर्फ कार्य गरीरहेको र यस्तो कार्यलाई अझ प्रभावकारी रुपमा अघि बढाउन प्रतिबद्धता व्यक्त गरे।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad