राजनीति


प्रचण्डको सबैभन्दा ठूलो आलोचक पनि मै हुँ, रक्षक पनि मै हुँ : जनार्दन शर्मा

प्रचण्डको सबैभन्दा ठूलो आलोचक पनि मै हुँ, रक्षक पनि मै हुँ : जनार्दन शर्मा

फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०७९ बुधबार १५:१४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रक्षा गर्ने आफैं भएको भन्दै आलोचना पनि गर्ने बताएका छन्। 

पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। ‘म नीति र नेतृत्वको रक्षा गर्दै आएको मान्छे हुँ, सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायीत्व हो,’ उनले भने, ‘अध्यक्षको सबैभन्दा बढी आलोचक मै हुँ, अध्यक्षको ंरक्षक र रक्षा गर्ने पनि मै हुँ,’उनले भने।

नीति र नेतृत्वको रक्षा नहुँदा आन्दोलन पनि नहुने बताएका हुन्। ‘चाकडीले रक्षा हुँदैन। व्यवहारमा क्रान्तिकारी हुनुपर्छ,’ शर्माले भने, ‘आजको नेपालको राजनीति अध्यक्षकै वरिपरि घुमिरहेको छ।’

अराजक गर्नेलाई नेतृत्वले पुलपुल्याउने कुरा खराब भएको उनले बताए। ‘संगठन विधि र पद्धतिमा बस्नपर्यो, पद र शक्तिको होडमा आज कुरा गर्ने होइन,’ शर्माले भने, ‘विद्यार्थी संगठनमा देखिएको समस्याको समाधानका लागि लाग्नुहोस्।’

कसैले कुरा लगाइदिएको भरमा अध्यक्षले कसैको कुरा सुन्न नहुने उनको भनाई छ। ‘जनताको जनमत लिएर अध्यक्ष कमरेडले चितवनमा गरेको जस्तै भाषण सबैले सिक्नुपर्छ,’ शर्माले भने, ‘स्वार्थ समूहले स्वार्थ पुर्तिका लागि केही गर्न सक्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .