कारोबार


दाङमा कार्यालय रहेको सुपर लघुवित्तलाई राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषणा

दाङमा कार्यालय रहेको सुपर लघुवित्तलाई राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषणा

नेपालखबर
भदौ २२, २०७९ बुधबार ११:३५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको छ। 

केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणपछि समस्याग्रस्त घोषणा गरेको हो। 

विभागका अनुसार लघुवित्तको सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुले प्रत्यक्ष संलग्न भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋण खडा गरी कर्जा प्रवाह भएको देखिएको छ। 

त्यस्तै प्राथमिक पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएकोले संस्थालाई ०७८ चैत २ मा बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको कारबाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कारण भए स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको थियो। 

संस्थाले पेस गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ ख को क, ख, घ, च तथा ञको अवस्था विद्यमान देखिएकोले उक्त संस्थालाई राष्ट्र बैंक ऐनको ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्था घोषणा गरिएको विभागले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .