ad ad

कारोबार


बैंक अफ काठमाण्डूको कार्डबाट इकमर्स कारोबारमा नगद फिर्ता पाइने

बैंक अफ काठमाण्डूको कार्डबाट इकमर्स कारोबारमा नगद फिर्ता पाइने

नेपालखबर
भदौ २१, २०७९ मंगलबार १७:३०, काठमाडौँ

बैंक अफ काठमाण्डूले चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण इकमर्स कारोबारमा नगद फिर्ता योजना ल्याएको छ। 

बैंकको कार्डवाहकहरुले विभिन्न ईकमर्स प्लेटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा ग्राहकहरुले कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म नगदफिर्ता पाउनेछन्। 

यस नगदफिर्ता योजना यही भदौ २२ गते बुधबारबाट सुरु हुने बैंकले जनाएको छ। यस नगदफिर्ता योजना अन्र्तगत बैंकको कार्डवाहकहरुले नगदफिर्ताको लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्नेछ। कारोबार रकम १० हजार रुपैयाँ वा सोभन्दा बढी हुनुपर्नेछ। 

यदि कोही ग्राहकको कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने कार्डवाहकहरुले बैंकको वेबसाइटमा गई आफैँ कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्नेछन्। वा आफूलाई पायक पर्ने बैंकको कुनै पनि शाखा कार्यालयमा गई अनलाइन कारोबारको लागि निःशुल्क दर्ता गर्न सक्नेछन्।  

बैंकको आफ्नो डेबिट तथा क्रेडिट कार्डबाहक महानु्भावहरुले विभिन्न ईकमर्स प्लेटफर्महरुमा अनलाइन माध्यमबाट आफुलाई मनपर्ने सामानहरु खरिद गरी बैैकको कार्डबाट विद्मुतीय माध्यमबाट भुक्तानी गरिरहेका छन्। पछिल्लो समय कार्डबाट हुने विद्मुतिय भुक्तानी कारोबारमा यस बैंकको ग्राहक महानुभावहरुको रुची वृद्धि भइरहेको बैंकले जनाएको छ।

यस्तै रुचिहरुको निरन्तरता तथा रुचिवृद्धिको लागि यस बैंकले विभिन्न समयमा कार्डबाहक महानुभावहरुको फाईदाको लागि नगदफिर्ता तथा छुट योजनाहरु ल्याइरहेको छ ।

यस नगदफिर्ता योजनाले ग्राहक महानुभावहरुलाई धेरै फाइदा हुने भएकोले यस योजनामा ग्राहकहरुको उच्च सहभागिता रहने विश्वास बैंकले लिएको छ। यो नगदफिर्ता योजना सीमित अवधिको लागि भएको हुनाले यस नगदफिर्ता योजनामा चाडै सहभागी भई कार्डवाहकहरुलाई फाइदा लिन बैंक आह्वान गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .