नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा नवलपुर जिल्ला अदालत नवलपुरमा सुनुवाइ सकिएको छ।
मंगलबार जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा सुनवाइ भएको हो।
सुनुवाइ सकिएको र फैसला आउन बाँकी रहेको जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। पल शाहको तर्फबाट ६ जना निजी कानुन व्यवसायीले बहस गरेका थिए।
सरकारी वकिल कार्यालयको तर्फबाट तीन जनाले बहस गरे। मुद्दाको अन्तिम सुनुवाइमा जाहेरवालाका भने वकिल बहसमा सहभागी भएनन्।
यसअघि पीडितले नै जाहेरी झुटो रहेको र शाहले आफूलाई बलात्कार नगरेको बयान दिइसकेकी छन्। पीडितका बुबा जाहेरवालाले पनि सोही अनुसार बयान दिएका थिए। पीडितले नै घटना होइन भनेपछि उनको तर्फबाट कानुन व्यवसायी पनि बहसमा नराखिएको हो।
पल शाहको मुद्दा फैसलाको चरणमा, एक साताको फरकमा दुवै जिल्लामा पेशी
फागुन ११ गते उनीविरुद्ध सुरुमा जिल्ला अदालत तनहुँमा जाहेरी परेको थियो। त्यसको चार दिनपछि पल शाहले आत्मासमर्पण गरेका थिए। पछि नवलपुर जिल्लामा पनि जाहेरी परेको हो। थुनछेक बहसमा भने दुवै अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए। उच्च अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरेको थियो।
आज पल शाहको मुद्दामा अन्तिम फैसला वा अन्य कुनै प्रमाण बुझ्न आवश्यक ठहर भए कुनै आदेश मात्रै आउने संभावना पनि छ।
Shares

प्रतिक्रिया