सेयरबजारमा आज ९० करोड ९९ लाख रुपैयाँको मात्रै कारोबार भएको छ।
पछिल्लो समय अर्बमाथि कारोबार भइरहेकामा सोमबार कारोबार रकम ओर्लिएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार दोस्रो कारोबार दिन आज २२४ कम्पनीको मात्र कारोबार भएको छ। २१ हजार ४ सय ७१ पटकको खरिदबिक्रीमा २४ लाख ४४ हजार कित्ता सेयर बिक्री भएको हो।
आज सेयरबजार खुलेयता नै निरन्तर ओरालो लागेको थियो। आज नेप्से ४.२९ अंकले र सेन्सिटिभ सूचक ०.८२ अंकले घटेको हो।
कुल १३ मध्ये उत्पादन, माइक्रोफाइनान्सको मात्रै हरियो छ भने बाँकी समूहको सूचक घटेको छ। आज ६१ कम्पनीको सेयर बढे पछि ११६ कम्पनीको घटेको छ भने १० वटाको उही मूल्यमा कारोबार भएको छ।
आज मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ७.४३ प्रतिशत कमाएका छन्। यही नै आजको सर्वाधिक कमाइ हो। त्यस्तै लगानीकर्ताले ६.५५ प्रतिशतसम्म गुमाएका छन्। बजारमा आज रिडी पावर कम्पनीको ९ करोडको सर्वाधिक सेयर कारोबार भएको छ।
Shares

प्रतिक्रिया