ad ad

कारोबार


फेरि घट्यो सेयरबजार : कसले कमाए, कसले गुमाए?

फेरि घट्यो सेयरबजार : कसले कमाए, कसले गुमाए?

नेपालखबर
भदौ १६, २०७९ बिहिबार १५:१६, काठमाडौँ

सेयरबजार आज पनि ओरालो लागेको छ। 

बजार परिसूचक नेप्से १.०८ अंकले र सेन्सिटिभ सूचक शून्य दशमलव ६६ अंकले ओरालो लागेको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२५ कम्पनीको ३९ लाख कित्ता सेयर बिक्री भएको छ। 

दिनभरिमा २९ हजार पटकको खरिदबिक्रीपछि १ अर्ब ३८ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको हो। 

आज वाणिज्य बैंक, व्यापार, उत्पादन, अन्य, सामूहिक लगानी कोष, लगानी समूहको सूचक राताम्य छन्। योसँगै ११२ कम्पनीको सेयर बढेको छ भने ७० वटाको घटेको नेप्सेले जनाएको छ। 

आज हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन्। उनीहरुले १० प्रतिशत कमाउँदा अपर हेवा खोलाका लगानीकर्ताले ६.५८ प्रतिशत मात्र कमाएका छन्। आज पनि नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ। कम्पनीको १२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको हो। 

आज गुमाउने लगानीकर्ताले ४.३८ प्रतिशतसम्म गुमाएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .