मोबाइल कम्पनी सामसङले यस वर्षको चाडपर्वमा आफ्ना उपभोक्ताहरुको लागि ल्याएको छ एक अर्को उत्साहजनक उपभोक्ता अफर– यो वर्षको दशैं उपहार, डेली टिभी, ड्याम्मै कार!
यो अफर भदौ १४ देखि असोज १४ सम्म लागू रहने कम्पनीले जनाएको छ। सामसङ स्मार्ट फोन वा ट्याबलेट खरिद गर्ने जो कोही यस योजनामा सहभागी बन्न सक्नेछन्। योजनामा सहभागी बन्नका लागि ग्राहकले सामसङ स्पेस राखी खरिद गरेको डिभाइसको सिरियल नं. टाइप गरेर ३५००१ मा एसएमएस पठाउनुपर्नेछ। यसरी एसएमएस पठाउने ग्राहकले हरेक दिन ६५ इन्चको सामसङ टिभी र बम्पर पुरस्कारमा एउटा कार ड्याम्मै जित्न सक्नेछन्।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘सामसङ उपभात्ताहरुको जीवनलाई सहज बनाउनको लागि सधै प्रतिबद्ध छ। यो चाडपर्वको मौसममा हामीले हाम्रा उपभोक्ताहरूलाई खुसी हुने र उनीहरूको जीवनलाई अझ राम्रो बनाउने अर्को कारण प्रदान गर्ने कोशिस गरेका छौैँ।’
उनका अनुसार आफ्नो मनपर्ने सामसुङ स्मार्टफोन र ट्याब्लेटको प्रत्येक खरिदको साथ उपभोक्ताहरूले अर्कषक उपहारहरू जित्ने मौका पाउनेछन्।
योजनामा सहभागी बन्नका लागि हरेक सहभागीले सामसङको आधिकारिक बिक्रेता वा इ–कमर्स साइटबाट अफरको अवधिभरमा सामसङ स्मार्ट फोन वा ट्याबलेट मध्ये कुनै एक खरीद गरेकै हुनुपर्दछ । यसरी सामान खरीद गरेपछी खरीदकर्ताले खरीद गरेको सामानको सिरियल नम्बरसहित सामसङ टाइप गरेर ३५००१ मा एसएमएस पठाउनुपर्दछ । उदाहरणको लागिः सामसङ स्पेस अनि डिभाइसको सिरियल नम्बर।
Shares

प्रतिक्रिया