ad ad

कारोबार


आकर्षक फिचरसहित आयो भिभो वाई१५सी

आकर्षक फिचरसहित आयो भिभो वाई१५सी

नेपालखबर
साउन २४, २०७९ मंगलबार १२:४५, काठमाडौँ

भिभोले आज वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई१५सी नेपाली बजारमा सार्वजनिक गरेको छ। 

कम्पनीका अनुसार सिमलेस अनुभव सुनिश्चित गर्नका लागि वाई१५सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ। 

युवा प्रयोगकर्तालाई लक्षित गरी वाई१५सी नेपालमा सार्वजनिक गरेको कम्पनीले जनाएको छ।  

भिभो नेपालका सीईओ माइकलले युवा उपभोक्ताहरूलाई लक्षित गरी भिभोको वाई सिरिजले बजारमा आफूलाई नेपालको सबैभन्दा लोकप्रिय स्मार्टफोन लाइन–अपको रूपमा स्थापित गरेको बताए। 

वाई शृङ्खलाका स्मार्टफोनहरू अन द गो मिलिनेअलहरूको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको उनको भनाइ छ। 

‘उत्कृष्ट ५०००एमएएच ब्याट्रीले सुसज्जित, हालै लन्च गरिएको वाई१५सी सधैं अमूल्य साथी साबित हुनेछ । यो स्मार्टफोनको अन्य उल्लेखनीय सुविधाहरूमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, शक्तिशाली एआई डुअल क्यामेरा र स्टाइलिश डिजाइन समावेश छ’, उनले भने।

वाई१५सी मा १३एमपी एआई डुअल क्यामेरा र २एमपी सुपर क्याक्रो क्यामेरा सेटअप छ। यसबाहेक वाई१५सी मा ५०००एमएएच ब्याट्री, ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सनजस्ता फिचरहरु रहेका छन्।

वाई१५सी दुईवटा आकर्षक रंगहरू मिस्टिक ब्लू र वेभ ग्रीनमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर, फेस एक्सेस, बोकेह मोड, औरा स्क्रिन लाइट, मल्टी टर्बो ३.०, आईम्यानेजर, इजिसेयर लगायतका विशेषताहरु छन्। 

यो फनटच ओएस १२ (एन्ड्रोइड १२) मा सञ्चालित छ। वाई १५सी ३जीबी र्‍याम र ३२जीबी रोममा १७ हजार ९९९ रुपैयाँमा देशभरका रिटेल स्टोरहरुमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .