कारोबार


बिर्तामोडको द किंग्सबरी होटलको आम्दानी ५ करोड १७ लाख

बिर्तामोडको द किंग्सबरी होटलको आम्दानी ५ करोड १७ लाख

नेपालखबर
साउन १५, २०७९ आइतबार १८:३०, काठमाडौँ

होटल द किंग्सबरी प्रालिले सन् २०२२ को आठ महिनामा ५ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ। 

सन् २०१६ मार्चदेखि सञ्चालनमा आएको कम्पनीले झापाको बिर्तामोडमा पाँचतारे होटल सञ्चालन गर्छ। 

८२ कोठा रहेको होटलले सन् २०२१ को मध्यअगष्टदेखि स्पा र क्यासिनोबाहेक आंशिक रुपमा सेवा सुरु गरेको थियो। सन् २०२१ मार्च १९ मा होटलले नाम परिवर्तन गरेको थियो। यसअघि होटल ग्रान्ड प्रिन्स प्रालि रहेकामा परिवर्तनसँगै द किंग्सबरी प्रालि रहेको थियो। 

यसको पूरै स्वामित्व प्रकाश गोतामेको रहेको छ। यो होटल स्वदेशी वा विदेशी कुनै पनि चेनसँग जोडिएको छैन। पर्यटन विभागले यसलाई पाँचतारेको मान्यता दिएको छ। सन् २०२१ अक्टोबरमा पाँचतारे मान्यता पाएको यसको अवधि पाँच वर्षसम्मका लागि हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .