कारोबार


एनएमबी बैंक र ओम डेभलपमेन्टलाई गाभिन राष्ट्र बैंकको स्वीकृति

एनएमबी बैंक र ओम डेभलपमेन्टलाई गाभिन राष्ट्र बैंकको स्वीकृति

नेपालखबर
असार ९, २०७६ सोमबार ७:२१,

 नेपाल राष्ट्र बैंकले एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकलाई मर्जर (गाभिन)का लागि स्वीकृति दिएको छ। राष्ट्र बैंकले आइतबार मर्जरको लागि सैद्धान्तिक सहमति दिएको एनएमबी बैंकले जनाएको छ।

यससम्बन्धी जानकारी बैंकले नेपाल स्टक एक्सचेन्जलाई पनि गराइसकेको छ। दुवै बैंकले आगामी आर्थिक वर्ष सुरु भएको केही समयमा नै एकीकृत कारोबार गर्ने गरी काम अघि बढिरहेका छन्। उक्त मर्जरको लागि स्वाप रेसियो र डीडीए रिपोर्टअनुसार विवरणहरु अंकित गरिने दुई बैंकबीच यसअघि नै सहमति भइसकेको छ। स्वाप रेसियो र डीडीए रिपोर्टअनुसार मर्जर प्रक्रिया अघि बढ्नेछ। सोहीअनुसारको भाग लिएर ‘मर्ज’ हुनेछ। मर्जर प्रक्रियाका संयोजक एनएमबीका तर्फबाट सञ्चालक प्रदिपराज पाण्डे र ओमको तर्फबाट योगेन्द्रलाल प्रधान रहेका छन्।

मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृत हालका एनएमबी बैंकका सीइओ सुनिल केसी र ओम डेभलपमेन्ट बैंकका विश्वमोहन अधिकारी डेपुटी सीईओ रहने समेत सहमति भइसकेको छ। अन्य कुराहरुमा पनि सहमति अघि बढिरहेको बैंक स्रोतले जानकारी दिएको छ। दुवै बैंकको शाखाहरुलाई यथावत् राख्ने सहमति भइसकेको छ।

त्यस्तै ओमले वार्षिक साधारणसभाबाट आफ्नो सेयरधनीलाई १२ दशमलव ७० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। त्यसमा पनि एनएमबी सहमत भइसकेको छ। कर्मचारीहरुको व्यवस्थापनलगायतको विषयमा अहिले छलफल समेत भइरहेको छ। कुनै पनि कर्मचारी कटौती नगर्ने गरी व्यवस्थापनको काम भइरहेको छ।

दुई गाभिँदा यस्तो बन्छ बैंक
बैंकको कुल पुँजी तथा जगेडा कोष २० अर्ब ४२ करोड, निक्षेप १ खर्ब १९ अर्ब १३ करोड र कर्जा १ खर्ब १० अर्ब रुपैयाँ पुग्नेछ। हाल एनएमबी बैंकको निक्षेप ९३ अर्ब ९६ करोड रुपैयाँ छ भने कर्जा ८७ अर्ब २ करोड रुपैयाँ रहेको छ। ओम डेभलपमेन्ट बैंकको निक्षेप २४ अर्ब ७९ करोड र कर्जा २२ अर्ब ४९ करोड रुपैयाँ छ। चालू आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कअनुसार एनएमबीले गत वर्षको सोही अवधिभन्दा १९ प्रतिशतले बढाउँदै १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ भने ओमले ३४ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ। मर्जरपछि बैंकको नाफा ९ महिनाको तथ्याङ्कअनुसार २ अर्ब नाघ्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad