ब्राजिलियन कप्तान ड्यानी आल्भेसले हालै इन्स्टाग्राम मार्फत् पीएसजी छाड्ने घोषणा गरिसकेका छन्।
केही महिनायता आल्भेसले आफूलाई बार्साले फेरि अनुबन्ध गरोस् भन्ने चाही रहेका छन्।
तर ३६ वर्ष पुगिसकेका डिफेन्डर आल्भेसलाई बार्साले क्लबमा ल्याउन चाहँदैन। कारण सन् २०१६ मा जब आल्भेसले बार्सा छाडेका थिए। उनको निर्णयको आलोचना तीव्र रुपमा भएको थियो।
उनलाई बार्साका खेल समर्थकले नरुचाएको जनाइएको छ। यतिमात्र नभएर आल्भेसले खेल्ने स्थानमा बार्सामा सर्गि रोवर्टो र नेल्सन सेमिडो छन्। उनको खाँचो छैन।

यसअघि आल्भेसले सन् २००८ देखि २०१६ सम्म बार्सामा रहेर खेलेका थिए। ८ वर्षको अवधिमा आल्भेसले बार्सामा ६ वटा ला लिगा र ३ वटा च्याम्पियन्स लिग हात पारेका थिए।
आल्भेसले बार्सा र पिएसजीसँगै युभेन्ट्स र सेभियाबाट पनि खेलिसकेका छन्।
आल्भेसले पीएसजी छाड्ने घोषणा गरेसँगै उनको भविष्य अन्यौल बनेको छ। मार्का
Shares

प्रतिक्रिया