कारोबार


व्यापार विस्तार सम्बन्धी तालिम दिने सुकल्पको तयारी

व्यापार विस्तार सम्बन्धी तालिम दिने सुकल्पको तयारी

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार १०:९,

कसरी आफ्नो व्यापार विस्तार गर्ने तथा कार्यदक्षता र शैलीलाई अगाडी बढाउने भन्ने सम्बन्धमा सुकल्प इन्टरनेशनलले तालिम तथा परामर्श दिने भएको छ।

कम्पनीले काठमाडौंमा ‘मिट एण्ड ग्रिन विद इण्ड्रष्ट्री एक्सपट्र्स’ कार्यक्रम आयोजना गरी विभिन्न क्षेत्रका व्यवसाय तथा उद्यमीहरुलाई उक्त जानकारी गराएको हो। कार्यक्रममा सुकल्प इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत अरुण बस्नेतले विभिन्न उद्योगमा आधारित शिक्षा तथा विकास सेवासँग सम्बन्धित रहेर प्राविधिक, विक्री, उत्पादन तथा सेवा सम्बन्धी तालिम तथा परामर्श दिइने जानकारी दिए। उनले कम्पनीले दिने तालिम पछि कर्मचारीको कर्यक्षमतामा विकास हुने, उत्पादन तथा व्यापार विस्तार र बजारीकरणको सम्बन्धमा जानकारी पाउन सकिने बताए।

कार्यक्रममा विभिन्न कम्पनीका प्रशिक्षकहरुसँग अन्तरक्रिया पनि गरिएको थियो। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यसअघि पनि विभिन्न क्षेत्रमा प्रशिक्षण दिई रोजगारीको आवसरहरु प्रदान गरिएको जानकारी गराए। उनले बैंकिङ, एफएमसिजि, अटोमोबाइल, टेलिकम, विक्री तथा वितरण, बीमा, विकास क्षेत्र, प्रविधि, तथा सेवा क्षेत्रमा तालिम तथा परामर्श दिइने समेत जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad