ad ad

कारोबार


यती एयरलाइन्सको आम्दानी २ वर्षयताकै उच्च, ५ वर्षमा कमायो १२ अर्ब

यती एयरलाइन्सको आम्दानी २ वर्षयताकै उच्च, ५ वर्षमा कमायो १२ अर्ब

नेपालखबर
साउन ५, २०७९ बिहिबार १७:४४, काठमाडौँ

निजी क्षेत्रको हवाइ सेवा प्रदायक यती एयरलाइन्सको कमाइ विगत दुई वर्षयताकै उच्च भएको छ। 

कम्पनीले सन् २०२० र २०२१ मा भन्दा वर्षगत तुलनामा सन् २०२२ मा उच्च आम्दानी गरेको हो। 

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सन् २०२२ को नौ महिनामा कम्पनीले २ अर्ब ७४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ। कम्पनीले सन् २०१८ मा ३ अर्ब १३ करोड ५० लाख आम्दानी गरेको थियो। त्यसपछिको वर्ष अर्थात् कोरोना महामारीअघि कम्पनीको आम्दानी ३ अर्ब ४३ करोड रहेको थियो। 

त्यसपछि सन् २०२० मा कोरोनाले कम्पनीको व्यवसायमा असर गर्न सुरु गर्यो। सो वर्ष कम्पनीको आम्दानी घटेर २ अर्ब ६६ करोडमा सीमित भयो। त्यसपछि सन् २०२१ मा एयरलाइन्सको आम्दानी ह्वात्तै घट्न पुग्यो। सो वर्ष कम्पनीले १ अर्ब ३९ करोड ६० लाख रुपैयाँ मात्रै कमायो। 

यसरी कम्पनीले विगत ५ वर्षमा हवाइ सेवा व्यवसायबाट १२ अर्ब बढी रकम आम्दानी गरेको इक्रा नेपालले जनाएको छ। कर, ब्याजलगायतको खर्चअघि कम्पनीको सञ्चालन आय सन् २०२२ को ९ महिनामा २३ प्रतिशतले बढेको देखिएको छ। अघिल्लो वर्ष यस्तो आय १९ प्रतिशतले घटेको थियो। 

सन् २००२ मा सञ्चालनमा आएको यती एयरलाइन्स प्राइभेट लिमिटेड नेपालको यात्रुलाई दिने सेवाको हिसाबले दोस्रो ठूलो घरेलु हवाइ सेवा प्रदायक हो। कम्पनीसँग अहिले पाँचवटा एटीआर ७२–५०० विमानहरु रहेका छन्। 

यो कम्पनी थामसेर्कु समूहको रहेको छ। यो ग्रुपले पर्यटनसम्बन्धी घरेलु र अन्तर्राष्ट्रिय हवाइ क्षेत्रसँग सम्बन्धित रहेर सेवा प्रदान गर्दै आएको छ। हवाइबाहेक पदयात्रा, एडभेन्चर ट्राभल, ट्रेकिङ, होटल तथा लज, ट्राभल एजेन्सीलगायतका क्षेत्रमा समेत यो ग्रुपले व्यवसाय गर्दै आएको छ। अहिले यो कम्पनीको प्रमुखमा लाक्पा सनम शेर्पा प्रमुख रहेका छन् भने प्रबन्धनिर्देशकमा चन्दा शेर्पा रहेकी छिन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .