उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले निर्यात बढाउन नसक्दा व्यापारघाटा झन् बढेर गएको बताएका छन्।
कांग्रेस कार्यालय सानेपामा जारी केन्द्रीय कमिटी बैठकलाई शनिबार सम्बोधनका क्रममा उनले व्यापारघाटा कम गर्न नसकिएको स्वीकारेका छन्।
'मुलुकमा आयात बढेको छ। अपेक्षा गरेअनुसार निर्यात बढाउन नसकेर व्यापार घाटा बढेको बढ्यै छ', उनले भने, 'मुलुकभित्र उत्पादन बढाएर निर्यात पनि गर्नुपर्छ।'
उनले बैठकलाई सम्बोधन गर्दै अब सरकारले पूर्ण क्षमतामा नचलेका उद्योग चलाउने तयारी गरिरहेको बताएका छन्। बडुले निजी क्षेत्रसँगको सहकार्यमा नयाँ उद्योग स्थापना गर्दै लैजाने योजना पनि सुनाए।
36
Shares
प्रतिक्रिया