ad ad

राजनीति


प्रचण्डले दिल्लीमा भने : सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ

संवादबाट दुई मुलुकका समस्या हल गर्नुपर्नेमा जोड
प्रचण्डले दिल्लीमा भने : सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ

दिल्लीमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड। तस्बिर : रमेश मल्ल


नेपालखबर
असार ३२, २०७९ शनिबार १५:३८, काठमाडौँ

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन।

फाउन्डेसन फर पब्लिक अर्वानेश एण्ड पोलिसीले शनिबार नयाँदिल्लीमा गरेको एक कार्यक्रममा शनिबार बोल्दै दाहालले कूटनीतिक संवादमार्फत दुई मुलुकबीचका समस्या समाधान गरेर जान पनि बताए।

उनले त्यही क्रममा उक्त सन्धिको पुनरावलोकनमा ढिलाइ गर्न नहुने पनि बताएका छन्।

नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझै प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढ्नुपर्ने दाहालले बताए।  

अध्यक्ष दाहालले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्दै अघि बढन सकिने बताए।

उनले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गरे। 

नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको पनि उनले स्पष्ट पारे। 

भारतीय जनता पार्टीको निमन्त्रणामा प्रचण्ड शुक्रबार भारत भ्रमणमा गएका हुन्। यस क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

उनले शनिबार नै भारतीय विदेशमन्त्री शुभ्रमन्यम जयशंकरसँग भेटवार्ता गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .