कारोबार


महालेखा प्रतिवेदन भन्छ– हायर पर्चेज सेवा दिने कम्पनीसँग भ्याट असुल

महालेखा प्रतिवेदन भन्छ– हायर पर्चेज सेवा दिने कम्पनीसँग भ्याट असुल

नेपालखबर
असार २९, २०७९ बुधबार १९:१३, काठमाडौँ

महालेखापरीक्षकको कार्यालयले हायर पर्चेज सेवा दिने कम्पनीबाट भ्याट रकम असुल गर्नुपर्ने औँल्याएको छ। 

६ कार्यालयमा दर्ता रहेका १० करदाताले गरेको कारोबार ४ अर्ब ६६ करोडको १३ प्रतिशतले हुने मूल्यअभिवृद्धि कर ६० करोड ६० लाख र नियमानुसार लाग्ने शुल्क तथा ब्याज समेत छानबिन गरी असुल गर्नुपर्ने उल्लेख गरेको हो। 

आन्तरिक राजस्व विभागले २०७२ मा हायर पर्चेज कर्जा दिने निकायहरू बैंक तथा वित्तीय संस्थाअन्तर्गत पर्ने निकायहरू नभएको हुँदा निजहरूले शंकास्पद कर्जा कोष व्यवस्था गरी  आयकर प्रयोजनका लागि खर्च तथा आय लेखाङ्कन गर्न नमिल्ने र निजहरूको ऐन अनुसार २५ प्रतिशत कर लाग्ने उल्लेख छ । 

करदाताको कारोबार वित्तीय कारोबार भित्र नपर्ने गरी विभागबाट व्याख्या भएको अवस्थामा निजले प्राप्त गर्ने सेवा शुल्क, ब्याज आयमा  मूल्य अभिवृद्धि कर लाग्ने देखिएकोमा सो कर असुल नगरेको प्रतिवेदनमा उल्लेख रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad