ad ad

खेल


साग स्वर्णमा नेपालले गर्‍यो आफ्नै गौरवशाली इतिहाससँग बराबरी

साग स्वर्णमा नेपालले गर्‍यो आफ्नै गौरवशाली इतिहाससँग बराबरी

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ७:३६,

यो नै नेपालले सागमा सबैभन्दा धेरै स्वर्ण जितेको गौरवशाली इतिहास थियो।

तर जारी १३ औं सागमा नेपालले उक्त आफ्नै इतिहाससँग बराबरी गरेको छ। नेपालले बिहीबारसम्म ३१ स्वर्ण जित्दै सन् १९९९ को किर्तिमानीसँग बराबरी गरेको हो।

बिहीबार साइक्लिङमा लक्ष्मी मगरले नेपालका लागि स्वर्ण जितेपछि नेपाललै ३१औं स्वर्ण जित्दै त्यसबेलाको आफ्नै कीर्तिमानीसँग बराबरी गरेको हो।

गोकर्णमा भएको साइक्लिङमा लक्ष्मीले क्रस कन्ट्रीको ४ किलोमिटरमा स्वर्ण जितेकी हुन्। यहि स्पर्धामा नेपालकी उषा खनालले रजत पदक पाइन्।

लक्ष्मी मगर र उषा खनालका सागमा साइक्लिङ संघका अध्यक्ष गोपालसुन्दर लाल कक्षकती

नेपालमा जारी साग प्रतियोगिता मंसिर २४ गतेसम्म चल्नेछ। हाल विभिन्न विधाका खेलहरु जारी छन्। नेपालले स्वर्ण तथा अन्य पदक संख्या बढाउँदै गएको छ। नेपालले सन् १९९९ को स्वर्ण संख्याको किर्तिमानी तोड्ने दाउमा छ।

यो पनि: थोत्रो म्याटको तयारीले स्वर्ण

सन् २०१९ (जारी)

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ
२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४.कराते (५५ केजी) – लक्ष्मण तामाङ
५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ
६.कराते (४५ केजी मुनी)– कुसुम खड्का
७.कराते (५० केजी मूनि) अनु अधिकारी
८.कराते (६७ केजी) नवीन रसाइली
९.कराते (६८ केजी)– सुनिता महर्जन
१०.कराते (६८ केजी)– अनुपमा मगर
११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ
१२.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु
१३.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ
१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य
१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६.तेक्वान्दो पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७. तेक्वान्दो पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
१८. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ
१९. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा
२०.ट्रायथलन – सोनी गुरुङ
२१.डुवाथोलन – हिमाल टमाटा
२२. उसु (थाउलो) – विजय सिन्जाली
२३. उसु (थाउलो) – सुस्मिता तामाङ
२४. उसु (थाउलो)– दीपक हमाल
२५.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ
२६. साइक्लिङ (डाउनहिल) – राजेश मगर
२७. साइक्लिङ (डाउनहिल) – निश्मा श्रेष्ठ
२८. तेक्वान्दो (गेरोगी स्पर्धा) – संगीता बस्याल
२९. तेक्वान्दो (८७ केजी ) – सक्षम कार्की
३०. उसु (थाउलो नान्दौ) – निमा घर्ती मगर
३१. साइक्लिङमा- लक्ष्मी मगर

सन् १९९९ का स्वर्ण

१. प्रकाश थापागमर, बक्सिङ
२. रामचन्द्र थापामगर, बक्सिङ
३. रवि महर्जन, कराँते
४. दीपक श्रेष्ठ,कराँते
५. धोजमान मोक्तान, कराँते
६. सुरेन्द्रलाल श्रेष्ठ, कराँते
७. राजेश श्रेष्ठ, कराँते
८. कृष्ण गुरुङ, कराँते
९. प्रिति डंगोल, कराँते
१०. टिम काता, कराँते
११. गंगाराम महर्जन ९सिंगल काता०, कराँते
१२. निता राई, कराँते
१३. निमा पाठक, कराँते
१४. जुनु राई, कराँते
१५. विनिता चौधरी, कराँते
१६. टिम काता ९महिला०, कराँते
१७. रुना प्रधान, नयना शाक्या, रुविना प्रधान, स्तुति सिंह, पौडी
१८. संगिना बैद्य, तेक्वान्दो
१९. रेनुका रानामगर, तेक्वान्दो
२०. सविता राजभण्डारी, तेक्वान्दो
२१. प्रमिला थापा, तेक्वान्दो
२२. बन्दना श्रेष्ठ, तेक्वान्दो
२३. रितु जिमी राई, तेक्वान्दो
२४. किशोर श्रेष्ठ, तेक्वान्दो
२५. अशोककुमार लामा, तेक्वान्दो
२६. कोशिस खड्का, तेक्वान्दो
२७. दीपक विष्ट, तेक्वान्दो
२८. रवि उज्वज थपलिया, तेक्वान्दो
२९. कमल क्षेत्री, तेक्वान्दो
३०. राजकुमार राई, तेक्वान्दो
३१. सीता राई, तेक्वान्दो

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .