ad ad

कारोबार


अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति आउँछ, चाहेको राजश्व नउठ्न सक्छ : गभर्नर अधिकारी

अर्थतन्त्रको मागअनुसार मौद्रिक नीति आउँछ, चाहेको राजश्व नउठ्न सक्छ : गभर्नर अधिकारी

नेपालखबर
असार २६, २०७९ आइतबार १९:४९, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारले मुलुकको अर्थतन्त्रको माग र समय अनुसार मौद्रिक नीति आउने दाबी गरेका छन्।

आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव  कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले त्यस्तो बताएका हुन्।

उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले चुनौतीपूर्ण अर्थतन्त्र र वाह्य क्षेत्र व्यवस्थापन गर्नेगरी नीति आउने बताए। गभर्नर अधिकारले गभर्नर वा निजी क्षेत्रको माग भन्दा पनि मुलुकको अर्थतन्त्रको मागलाई सम्बोधन गरी मौद्रिक नीति ल्याउनुपर्ने बताए।

उनले अर्थतन्त्रलाई स्थिर बनाउनुपर्ने अवस्था रहेको भन्दै अर्थतन्त्र अस्थिर भए समस्या आउने भएकाले अर्थतन्त्रलाई सुधार गर्नेगरी मौद्रिक नीति आउने स्पष्ट पारे। गभर्नर अधिकारीले अहिलेको अर्थतन्त्रको माग अनुसार मौद्रिक नीति ल्याउने विषयमा राष्ट्र बैंकको टिमले सुक्ष्म रुपमा तथ्यांक विश्लेषण गरिरहेको बताए।

उनले निजी क्षेत्रले व्यवसाय सहज हुनेगरी नीतिको अपेक्षा गर्नु राष्ट्र बैंकले स्वभाविक रुपमा लिएको बताए। गभर्नर अधिकारीले अर्थतन्त्र सुधार गर्दा सरकारको लक्ष्य अनुसार राजश्व संकलन नहुने, व्यवसायीहरू मार्कामा पर्ने संकेत गरे। उनले महासंघले दिएका सुझावलाई मौद्रिक नीतिमा समेट्ने प्रतिवद्धता जनाए।

उनले ‘अहिलेको अर्थतन्त्रको अवस्था सुहाउने मौद्रिक नीति ल्याउँदा हामी सबैले केही सहनुपर्ने हुनसक्छ। एउटा रेगुलेटर भएको हिसावले सहनुपर्ने हुनसक्छ। बैंकका ग्राहक निजी क्षेत्रले सहनुपर्ने हुनसक्छ। बैंकहरुले सहनुपर्ने हुनसक्छ। राज्यको राजश्वहरु घट्न सक्ला,त्यो खालको चुनौती छ त्यो सहनुपर्ने हुनसक्छ। यो सहँदा हामीले हाम्रो अर्थतन्त्रलाई सही ठाउँमा नै जानसक्छौँ भने सहन गाह्रो मान्नुहुँदैन। यसमा हामी सबै तयार हुनुपर्छ। समय र अर्थतन्त्रको माग के हो। त्यो अनुसारको पोलिसी आउने हो। गभर्नर महाप्रसाद अधिकारलाई के लाग्छ दिमागमा त्यो पोलिसी आउने होइन। निजी क्षेत्रले के माग गर्नुहुन्छ त्यो आउने होइन। पोलिसीमा राष्ट्र बैंक स्पष्ट छौं। हाम्रो टेक्निकल टिमले काम गरिरहेको छ। अर्थतन्त्रको माग अनुसार मौद्रिक नीति लिएर आउँछौं। त्यो ल्याउँदा कुनैपनि क्षेत्रलाई सम्बोधन गर्नुपर्ने हुन्छ। त्यो कसरी सम्बोधन गर्ने छलफल भइरहेको छ।’ 

उनले भने, ‘हामी सबैलाई थाहा छ, एक खालको चुनौतीपूर्ण अवस्थामा छौं। अवस्था चुनौती नै छ। यो अवस्था वाह्य क्षेत्रबाट आएको छ। बाह्य क्षेत्रको व्यवस्थापन गर्नु चुनौती रहेको छ। यो चुनौतीले बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रमा कुनै किसिमको अस्थिरता निम्त्याउने हो की त्रास, डर र चुनौती हामीमा छ। समस्या समाधानको लागि सरकार, राष्ट्र र निजी क्षेत्रबाट भइरहेका छन्। पहिलो कुरा अर्थतन्त्रमा स्थायित्व हुनुपर्यो। त्यसभित्र हामी सबै अटाउँछौँ। काम गर्न पाउँछौँ। प्रणालीमा अस्थिरता आयो भने त्यहाँ काम गर्दा धेरै किसिमका समस्या आउन सक्छन्। निजी क्षेत्रले सरकारले आफ्नो अनुकुलको नीति ल्याइदिए हुन्थ्यो भन्नु स्वाभाविक हो।’

गभर्नर अधिकारीले अर्थतन्त्रमा स्थायित्व हुनुपर्ने उल्लेख गर्दै स्थायित्व कायम गरेर सबै क्षेत्रलाई समेट्ने मौद्रिक नीति ल्याउने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .