ad ad

कारोबार


सरकारले तोकेको मुआब्जा बुढीगण्डकी प्रभावितलाई अस्वीकार्य

सरकारले तोकेको मुआब्जा बुढीगण्डकी प्रभावितलाई अस्वीकार्य

नेपालखबर
मंसिर १८, २०७६ बुधबार १५:२६,

बुढीगण्डकी प्रभावित क्षेत्रमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै सरोकारवालाहरुले विरोध प्रदर्शन गरेका छन्।

बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले बुधबार राजधानीमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै विरोध प्रदर्शन गरेका हुन्।

सरोकारवालाहरुले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित आरुघाट आर्खेत (गोर्खा) र विशालनगर खहरे (धादिङ) क्षेत्रको मुल्य निर्धारण पुर्नविचार गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। पूर्व सांसद चिनकाजी श्रेष्ठले सरोकारवालाहरुको माग विपरित धेरै कम मुल्य निर्धारण भएको बताए। यो भन्दा पहिले सहमति गरेर मुल्य निर्धारण गरिएको भएपनि यसपटक सरकारले गैरकानुनी ढंगबाट मुल्य निर्धारण गरिएको उनले बताएका छन्।

पूर्व सांसद श्रेष्ठले तत्काल सम्बन्धित क्षेत्रका स्थानीयहरुसँग वार्ता गरेर मुल्य निर्धारण पुनरावलोकन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रदर्शनका क्रममा सरोकारवालाहरुले ‘अव्यवहारिक मुआब्जा निर्धारण मुल्य मान्दैनौं, घोषित मुआब्जा चाँहिदैन, घरजग्गाको एकमुष्ट मुल्याङ्कन गर’ लगायतका नारा लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .