ad ad

कारोबार


प्रचण्डको प्रतिवेदन : अर्थतन्त्र गम्भीर संकटमा

प्रचण्डको प्रतिवेदन : अर्थतन्त्र गम्भीर संकटमा

नेपालखबर
असार १९, २०७९ आइतबार १६:३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक अवस्था गम्भीर संकटमा परेको बताएका छन्। 

आइतबार सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रतिवेदन पेश गर्दै देशको आर्थिक अवस्थामा गम्भीर संकटका संकेतहरु देखापरेका उल्लेख गरेका छन्।

सबै जसो क्षेत्रका आर्थिक सूचकाङ्कहरु नकरात्मक रहेको भन्दै उनले अर्थतन्त्रमा ठूला समस्याहरु आउँदै गरेको बताएका छन्। 

‘चालु आर्थिक वर्षको ११ महिनाको अवस्था उल्लेख गर्दै आयात तर्फ १७ अर्ब ६३ अर्ब र निर्यात १ खर्ब ८५ अर्ब रहेको, व्यापार घाटा १५ खर्ब ७ अर्ब  रुपैयाँ पुगेको,  विदेशी मुद्राको संचिति निरन्तर घट्दो अवस्थामा रहेको, पुँजीगत खर्च लक्ष्य भन्दा अत्यन्तै कम रहेको तथा आकासिँदो महंगीको असरले सर्वसाधारण जनताको दैनिक जीवन कष्टकर बनेको प्रतिवेदनमा भनिएको छ। 

प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो अर्थतन्त्र आयातमुखी र उपभोक्तावादी रहेको छ। कोभिड १९ र नयाँ विश्व परिस्थितिका कारण उद्योग, व्यवसाय र रोजगारीमा गम्भीर नकारात्मक प्रभावहरु देखिएका छन्। आर्थिक असमानता, गरिबी र बेरोजगारी बढेर गएको छ। अर्थतन्त्रमा दलाल र नोकरशाही पुँजीवाद हावी रहेको छ।’ 

यसका लागि पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको दस्तावेजमा उल्लेखित प्रत्यक्ष वा परोक्ष वैदेशिक प्रतिक्रियावादी दवाव, हस्तक्षेपका विरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई निरन्तर अगाडि बढाएर मात्र जनवादी कान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको रणनीतिक आधार तयार पार्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ। 

आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्न विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायका जनताको पहिचान र अधिकारलाई स्थापित गरेर मात्र बाह्य हस्तक्षेपका विरुद्ध लड्न सकिने समेत प्रतिवेदनमा बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .