हिमालय एक्स्प्लोर हङकङले गर्मीयाम सुरु भए सँगै मौसमी इभेन्टको सुरुवात गरेको छ। हङकङमा लामो समयको कोरना महामारीपछि गरिएको ठूलो संख्यामा यो इभेन्ट वर्षको पहिलो हो।
एड्भेन्चर एजुकेसन आउट डोर एक्टिभिटी अन्तर्गत क्याम्पिङ, रक क्लाइबिङ, एप्शेलिङ, जिपलाइनिङ, क्यान्योनिङ, कायकिङ, स्वीमिङ, कोश्टेरिङ, हाइकिङ र प्याराग्लाइडिङ गराउँदै आएको हिमालय एक्स्प्लोरले गत आइतबार लान्ताउ आइल्यान्डको दक्षिण लान्ताउ पुई ओ स्थित इग्गल क्रेकमा ५२ जना महिला पुरुष विदेशीहरुको मिक्स टिम दुई समूह विभाजन कोष्टेरिङ र एप्षेलिङ गराइएको हिमालय एक्स्प्लोरका म्यानेजिङ डाइरेक्टर हेम राईले नेपालखबरलाई बताए।
‘कोष्टेरिङको आकर्षक रुट मानिएको लान्ताउ आइल्यान्डको दक्षिण लान्ताउ पुई ओ बिचबाट ८ सय मिटर लामो स्विइमिङ गरेपछि इगल क्रेक पहराको फेस नियालिन्छ। त्यसपछि २७५ मिटर लामो सामुन्द्रिक तट, किनार चिप्ले ढुङ्गाको पदयात्राले एप्शेलिङ सेक्सनमा सहभागी गराउँछ र यहाँ कोष्टेरिङको अर्को रोमाञ्चक पाटा भनेको समूह स्विइमिङ भलाकुसारी गर्दै लामो दूरीको स्विमिङपछि प्रकृतिसँग प्रत्यक्ष घुलमिल हुनु हो। यो चरण पार पछि १ सय मिटर उचाइको पहराबाट एप्शेलिङको रमाइलो लिन्छौँ’ राईले कुराकानीमा खुशी हुँदै थपे, ‘आगामी हप्ताबाट हामी लान्ताउ पुई ओ हामतिन टेम्पल क्रेकमा जिपलाइनिङ उद्घाटन गर्दैछौँ। यो हङकङमा एड्भेन्चर एजुकेसन ग्रहण गर्नेहरुका लागि नै खुशीको सन्देश हो।’
उनले अगाडि भने, ‘यो विगत १० वर्ष अगाडिको अध्ययनपछि हिमालय एक्स्प्लोरले गर्दैछ। लान्ताउ पुई ओ मा कुनै पनी अरु विदेशी कम्पनीहरुले जिपलाइन गराउन सकेको थिएन। यहाँका लागि हामी नै पहिलो हौँ हामीले यो सय मिटर दुरी कायम गरेको छौँ।’
एक्स्प्लोरका सहायक प्रशिक्षक जुद्ध गुरुङले भने, ‘हिमालय एक्स्प्लोर हङकङले लान्ताउ टेम्पल क्रेकमा जिपलाइन निर्माणका लागि गत ६ महिनाबाट आवश्यक काम गर्दै आएको थियो। यो भन्दा पहिले जिपलाइनका लागि तुङ्लुङ चाउ र चेङ चाउ आइल्यान्ड जानुपर्थ्यो।’
हिमालय एक्स्प्लोरका डाइरेक्टर धिरज गुरुङले सन् २०१२ बाट संचालित यो आउट डोर एजुकेसनले समाजमा सद्भाव एकता कायम गराउनुको साथै व्यक्ति स्वस्थ्य रहन मद्दत पुगेको बताए। आउट डोर एजुकेसन अन्तर्गत नेपाली अर्गनाइजेसन ‘हिमालय एक्स्प्लोर’ हङकङगेली नेपालीहरुका लागि एक हो।
प्रतिक्रिया