ad ad

कारोबार


वायुसेवा निगमले मनायो ६४औँ वार्षिकोत्सव, नयाँ वेवसाइट प्रारम्भ

वायुसेवा निगमले मनायो ६४औँ वार्षिकोत्सव, नयाँ वेवसाइट प्रारम्भ

नेपालखबर
असार १७, २०७९ शुक्रबार २१:१४, काठमाडौँ

नेपाल वायुसेवा निगमले आफ्नो ६४औँ वार्षिकोत्सव मनाएको छ। 

आज (असार १७ गते)  निगमको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नयाँ वेवसाइट प्रारम्भ गरे।

यसमार्फत निगमको अनलाइन टिकट बुकिङ्ग गर्न सजिलो हुने निगमको विश्वास छ। अनलाइन बुकिङ्गको प्लेटफर्म मैत्री सिष्टमले एक महिना भित्र नै यात्रुहरुले घरमै बसी टिकट काट्ने सुविधा प्राप्त गर्ने छन्।

निगमको नयाँ वेवसाइटमा च्याटबक्सको पनि सुविधा छ जस्ले गर्दा यात्रुको आफ्नो जिज्ञासा, गुनासोको पृष्ठपोषण हुनेछ।

वेवसाइटमा रहेको उडान तालिकाबाट यात्रु तथा सरोकारवालाहरुले विविध उडान सूचना, गन्तव्य तथा अन्य जानकारी प्राप्त गर्न सक्नेछन्।

समारोहलाई सम्बोधन गर्दै निगमका महाप्रबन्धक वरिष्ठ क्याप्टेन दिपुराज ज्वारचनले निगमका अगाडि प्रसस्त चुनौतीहरु रहेपनि सामुहिक प्रयासको माध्यमले सफलतातिर लाग्न सकिने विश्वास व्यक्त गरे। 

उनले नयाँ काम थाल्नेतिर भन्दा पहिलो चरणमा पुराना योजना पुरा गर्ने तिर निगमले प्रयास थालेको बताए। 

निगममा आर्थिक सुशासन र बजारमा आफ्नो दरिलो उपस्थिति प्रदर्शन गर्न निगम सक्रिय रहने उनले बताए।

अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको अन्तर कर्पोरेट फुटसल प्रतियोगितामा प्रथम भएकोमा निगमका खेलाडीहरुलाई महाप्रवन्धक ज्वारचनले सम्मानपत्र प्रदान गरे।

वार्षिकोत्सवको उपलक्ष्यमा असार १६ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। सो अवसरमा १५४ जनाले रक्तदान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .