ad ad

समाज


बेलकामा कोसीको कटान रोक्न सुरक्षाकर्मी परिचालन

बेलकामा कोसीको कटान रोक्न सुरक्षाकर्मी परिचालन

नेपालखबर
असार १७, २०७९ शुक्रबार २०:५१, काठमाडौँ

उदयपुरको बेलका नगरपालिका– ८ डुम्रेकोट, लाहुरे खोचमा कोशी नदीले कटान सुरु गरेपछि कटान रोक्न सुरक्षाकर्मी परिचालन गरिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय मिलेर कोसीले कटान सुरु गरेको स्थानमा तारजालीमा ढुंगा भने र बालुबा बोरामा भरेर कटान तर्काउने कार्य गरिरहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले जानकारी दिए। 

गृहमन्त्री बालकृष्ण खाँणले धनजनको क्षति नहुनेगरी रोकथामको प्रयास गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

‘नदीले कटान सुरु गरेपछि अहिले नेपाल प्रहरी सशस्त्र प्रहरी बल र स्थानीयले कटान रोक्ने प्रयास गरिरहेका छन्। बहाब ठूलो भएकाले समस्या भइरहेको छ। गृहमन्त्रीज्यूले केन्द्रबाटै पहलकदमी र निर्देशन दिएकाले कटान रोक्ने प्रयास भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी यादवले भने।   

गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, सिंचाइ सचिव सागर राई, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, सशस्त्र प्रहरी बलका प्रदेश १ कार्यालय प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआइजी) कमल गिरीलगायतलाई टेलिफोनबाट कटानबारे जानकारी तथा निर्देशन दिएका थिए। 

सशस्त्र प्रहरी बलका डीआइजी गिरीले गृहमन्त्रीले कटान रोक्नका लागि तत्काल पहल कदमी लिन निर्देशन दिएको बताए। अहिले सशस्त्रको टोली कटान क्षेत्रमा नै रोक्ने प्रयासमा रहेको उनले बताए। 

यो क्षेत्रमा गतवर्ष पनि कोसी नदीले कटान गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .