समाज


देशका अधिकांश स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

देशका अधिकांश स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

नेपालखबर
असार १३, २०७९ सोमबार ७:८, काठमाडौँ

आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

अहिले  बागमती प्रदेश, गण्डकी  प्रदेश, कर्णाली प्रदेश र मदेश प्रदेशमा भारी वर्षा भइरहेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १३. ४ मिलिलिटर वर्षा भएको मौसम विभागले जनाएको छ। 

दिउँसो  देशभर सामान्य बदली रहनेछ।  देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, मधेश प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .