ad ad

कारोबार


अर्थतन्त्रबारे महामन्त्री थापाले गरे गभर्नर अधिकारीसँग छलफल

अर्थतन्त्रबारे महामन्त्री थापाले गरे गभर्नर अधिकारीसँग छलफल

नेपालखबर
असार १०, २०७९ शुक्रबार ११:५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्रबारे नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन्।

उनले शुक्रबार बिहान गभर्नर अधिकारीसँग अर्थतन्त्रमा देखिएका समस्याबारे छलफल गरेका हुन्। 

महामन्त्री थापाले राष्ट्र बैंकका गभर्नर अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या समाधानका विषयमा छलफल गरिएको जानकारी दिए। 

अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपायसहित राष्ट्र बैंकले अबको मौद्रिक नीति तयार पार्ने अपेक्षा लिइएको पनि उनले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .