ad ad

कारोबार


३७ अंकको हरियालीपछि १९ सय विन्दुमाथि पुग्यो नेप्से

३७ अंकको हरियालीपछि १९ सय विन्दुमाथि पुग्यो नेप्से

नेपालखबर
असार ७, २०७९ मंगलबार १५:१७, काठमाडौँ

सेयरबजारमा आज हरियाली छाएको छ। 

बजार परिसूचक नेप्से ३७.४९ अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ८.१८ अंकले बढेको हो। 

मंगलबार सेयरबजारमा २ सय ३१ कम्पनीको सेयर किनबेच भएको छ। दिनभरिमा २४ हजार ९ सय ८३ पटकको खरिदबिक्रीमा १ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको हो। 

मंगलबार ३७ लाख कित्ता सेयर बिक्री भएका छन्। कुल १३ वटै समूहका सूचकहरु आज बढेका छन्। ती समूहका मध्ये १ सय ८९ कम्पनीको सेयर बढेको छ भने ६ वटाको घटेको छ। 

आज आँधिखोला लघुवित्त, सीवाईसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्। गुमाउने लगानीकर्ताले आज २.९३ प्रतिशतसम्म घाटा व्यहोर्नुपरेको छ। आज पनि नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ११ करोड रुपैयाँको सेयर किनबेच भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .