ad ad

कारोबार


हवाइजहाजको भाडा बढ्यो, कुन गन्तव्यमा कति वृद्धि?

हवाइजहाजको भाडा बढ्यो, कुन गन्तव्यमा कति वृद्धि?

नेपालखबर
असार ६, २०७९ सोमबार १६:२७, काठमाडौँ

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै हवाइजहाजको भाडा पनि वृद्धि भएको छ।

असार ८ देखि लागू हुने गरि आन्तरिकतर्फको हवाइ भाडा बढेको हो।

वायुसेवा कम्पनीका अनुसार एउटै रुटमा ८४० रुपैयाँसम्म वृद्धि भएको छ।

काठमाडौं माउन्टेन फ्लाइटको भाडा ६५५ रुपैयाँले बढेर १४ हजार ७२० रुपैयाँ पुगेको छ।

त्यसैगरी काठमाडौं-भद्रपुर ५७० ले बढेको छ भने काठमाडौं-विराटनगर ४५५ ले बढेको छ। काठमाडौबाट हुने अन्य गन्तव्यहरु जनकपुरमा २४५, भरतपुर २००, पोखरा ३००, भैरहवा ३९५, नेपालगन्ज ६२०, धनगढी ८४०, तुम्लिङटार ३५० र सिमराको १७० रुपैयाँले बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .