सेयरबजारमा ४९ अंकको गिरावट आएको छ।
निरन्तर ओरालो लागिरहेको सेयरबजार १९ सय विन्दुबाट पनि झरेको छ।
सोमबार नेप्से ४९.३१ अंकले घटेर १८८४.८१ विन्दुमा पुगेको छ। दोस्रो कारोबार दिन सेन्सिटिभ सूचक पनि ७.६६ अंकले घटेको छ।
आजको कारोबारमा २३० कम्पनीको सेयर कारोबार भएको छ। दिनभरिमा ३६ हजार ४ सय ६४ पटकको कारोबारमा ६१ लाख ८६ कित्ता सेयर बिक्री भएको हो। यो भनेको १ अर्ब ७५ करोड ६ लाख रुपैयाँको कारोबार भएको हो।
सोमबार १३ वटै उपसूचक राताम्य छन्। यसअनुसार ४ वटा कम्पनीको सेयर बढे पनि १९१ वटाको घटेको छ।
आज आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको सेयर १० प्रतिशतले बढे पनि अन्य कम्पनीको सेयर बढेको छैन। आज तेह्रथुम पावर कम्पनी, कालिका पावर कम्पनी, रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन्।
प्रभु बैंक प्रोमोटर सेयरको ११ करोडको सर्वाधिक कारोबार भएको छ। नेपाल टेलिकमको पनि आज १० करोडको सेयर कारोबार भएको छ।
Shares

प्रतिक्रिया