ad ad

कारोबार


कृषकलाई मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ

कृषकलाई मल उपलब्ध गराउन सरकारलाई सभामुखको रुलिङ

नेपालखबर
जेठ २९, २०७९ आइतबार १२:११, काठमाडौँ

सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको बताएका हुन्। 

उनले कृषकहरुलाई यथाशिघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्री तथा सरकारलाई रुलिङ गरेका हुन्। 

‘माननीय सदस्यहरु खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ', उनले भने, 'यथाशीघ्र कृषकहरुलाई मल उपलब्ध हुनसक्नेगरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवम् नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु।’

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै व्यवस्थापन गराउन सरकारसँग माग गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .