ad ad

कारोबार


बिजुली तारमा ‘सन्की’ मान्छे चढेपछि रोकियो ६० मेगावाटको आयोजना

बिजुली तारमा ‘सन्की’ मान्छे चढेपछि रोकियो ६० मेगावाटको आयोजना

नेपालखबर
जेठ २८, २०७९ शनिबार १४:४३, काठमाडौँ

नुवाकोटको ककनी नगरपालिका  वडा नं ७ स्थित बिजुली पोलमा एक अपरिचित व्यक्ति चढ्दा ६० मेगावाटको आयोजना नै बन्द भएको छ।

त्रिशुली थ्री ए आयोजना  बन्द हुँदा काठमाडौंको विद्युत व्यवस्थापनमा समेत समस्या परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। 

 नुवाकोटको ककनी वडा नं ७ मा रहेको हाइटेन्सन लाइनमा एक पहिचान नखुलेको व्यक्ति चढेर ओर्लिन नमान्दा काठमाडौंमा विद्युत अवरुद्ध भएको छ। करेन्ट लाग्नसक्ने आसंकामा विद्युत बन्द गरिएको हो। 

 प्राधिकरणका अनुसार त्रिशुली थ्री ए आयोजना बाट काठमाडौं ल्याइएको  विद्युत २२० केभी लाइनको पोलमा ती पहिचान खुल्न नसकको व्यक्ति चढेका छन्। 

 उनले पोलमा चढेर  विद्युत लाइनहरु चलाइरहेका छन्।  त्यस लाइनमा डबल सर्किट छ। एउटामा चार्ज छ र अर्कोमा छैन। 

चार्ज नभएको सर्किटमा चाहि ती व्यक्ति छन्। ६० मेगावटाको प्लान्ट नै अहिले बन्द गरिएको प्राधिकरणले जनाएको छ। जसको कारणले काठमाडौंको विद्युत वयवस्थापनमा समस्या समेत आएको प्राधिकरणले बताएको हो। 

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार ती व्यक्तिलाई पोलबाट निकाल्ने प्रयास भने भइरहेको छ। 

उनी भन्छन्, ‘प्रहरीले मानसिक सन्तुलनमा समस्या भएको हुनसक्ने आशंका गरेको छ। ओर्लिन आग्रह गर्दा उहाँ मानिरहनु भएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .