समाज


मष्तिस्कको चोटपटकले निम्त्याउने अल्प निद्रा बालबालिकाको स्मरण शक्तिका लागि घातक

मष्तिस्कको चोटपटकले निम्त्याउने अल्प निद्रा बालबालिकाको स्मरण शक्तिका लागि घातक

नेपालखबर
मंसिर १४, २०७६ शनिबार १२:२६,

अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययनरत अनुसन्धानकर्ताहरूले मष्तिस्कमा चोट लागेपछि यसको भागमा देखिने सानातिना दागका कारण बालबालिकामा अल्पनिद्राको समस्या आउने र यसले दीर्घकालसम्म उनीहरूको स्मरण शक्तिलाई कमजोर बनाउने ‘म्याग्नेटिक रिसोनेन्स इमेजिङ’ (एमआरआई) रिपोर्टको लामो समयको अध्ययनपछि निष्कर्ष निकालेको डाक्टर कार्तिक लाएरले शुक्रबार राति जारी गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

मष्तिस्कको काममा देखिने कमी कुन दरमा सुधार हुन्छ वा अझै विग्रिँदै गएको छ यसलाई हेरेर बच्चाको समस्या पूर्ण वा आंशिक रूपमा निको हुन्छ भन्ने कुरा अनुमान गर्न सकिने डाक्टर लाएरले बताएका छन्।

उनले भने, “चोटपछि बिरामीको स्मरण शक्तिमा देखिने समस्यामा कुन दरले सुधार आउँछ वा सुधार नै आउँदैन भन्ने बिषयलाई हेरेर एउटा चिकित्सकले उसको समस्या निको हुन्छ वा हुँदैन भन्ने अनुमान गर्नेगर्छ। चिकित्सकले विरामीको संज्ञानात्मक बानीको सुधार अभ्यास, समयमा निद्रा लाग्न औषधिको प्रयोग वा चिकित्सकीय हिसाबले सुरक्षित तथा नयाँ मानिने आधुनिक चिकित्साविधान जस्तै समस्यालाई फैलिन नदिन तनाबमुक्त पार्न र निद्राका लागि शान्त तथा स्वस्थ्य वातावरणको उपलब्धतालगायतका कुराले समस्यालाई क्रमश कम गर्दै जानेगर्छ।”

अनुसन्धानमा सहभागी चिकित्सकले मष्तिस्कमा चोट लागेको दुईमहिनापछिका अवस्थामा स्मरण शक्तिमा कुन दरले सुधार हुनसक्छ वा हुँदैन भन्ने कुरालाई ८६ प्रतिशतसम्म सही अनुमान गर्न सफल भएको क्विन्स विश्वविद्यालयले जनाएको छ।

डाक्टर लाएरले भने, “सामान्यतया, मष्तिस्कमा दीर्घखालको चोट लागेका बालबालिकाको लक्षण उनीहरूको दृष्टि, शरीरलाई चलाउने मष्तिस्क क्षेत्र र संज्ञानात्मक क्षेत्रमा फरक फरक हुनेगर्छ। तर अनुसन्धानले कसरी यो विकशित हुन्छ वा स्वास्थ्यमा भविष्यमा पुनः सुधार आउँछ भन्ने बिषयमा अनुसन्धानबाट प्रष्ट जानकारी हुन सकेन।”

अनुसन्धानमा संलग्न डाक्टर लाएरले भने, “मष्तिस्क चोटका कारण बालबालिकालाई सामान्य गतिविधिमा फर्किन, विद्यालयमा अध्ययनका समयबाहेक अन्य अवस्थामा पनि उनीहरूको स्मरण शक्ति, बिषयप्रतिको तल्लिनता, निद्राको बानीमा गडबडी र स्वभावमा अस्वभाविक परिवर्तनजस्ता गम्भीर समस्या देखिन्छ। यी सबै कुराले स्वस्थ्य दिमागको विकासमा असर पार्ने गर्छ।”

‘अन्नाल्स अफ क्लिनिकल एण्ड ट्रान्सलेसनल न्यूरोलोजी’ नामक विज्ञानसम्बन्धी जोर्नलमा प्रकाशित अनुसन्धानको निष्कर्ष के छ, “मष्तिष्कमा सामान्य चोट लागेका धैरै बालबालिकाको समस्या उपचारबाट ठिक हुन्छ, तर दशमा १० मध्ये एक अथवा १० प्रतिशत बालबालिकामा यसको दीर्घ असर रहन पनि सक्छ।”

लाएरले भने,“टाउकोमा चोट लाग्नु सबैका लागि खतरा भएको र खासगरी बालबालिकाको टाउकोमा चोट लागेमा तत्काल चिकित्सकलाई देखाई विशेषज्ञ चिकित्सकको सल्लाह लिनु बाञ्छनीय छ।”

खेलकूदमा भाग लिँदा वा साइकल, मोटरसाइकल वा स्कुटर चलाउँदा सुरक्षाका लागि टाउकोमा हेलमेट वा टाउकोमा चोट लाग्नबाट जोगाउने खालका पहिरन लगाउन लाएरले सुझाब दिए। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad