नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बजेटले सम्बोधन गरेका वृद्धभत्ता र कर्मचारीको तलब वृद्धिको विषयमा मौद्रिक नीतिमा समीक्षा हुने बताएका छन्।
अर्थ मन्त्रालयको बजेटसम्बन्धी पत्रकार सम्मेलनमा उपस्थित भएका उनले सरकारको लक्ष्यअनुसार मूल्यवृद्धि ७ प्रतिशतमा कायम हुने गरी अघि बढ्ने बताएका हुन्।
अर्थ मन्त्रालयले आइतबारको बजेटबारे पत्रकार सम्मेलन गरेको हो। उक्त कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले बजेटबारे उठेका जिज्ञासाको समाधान गरेका थिए।
सरकारले झण्डै १८ खर्बको बजेट ल्याएको छ। आगामी आवमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य छ।
402
Shares

प्रतिक्रिया