ad ad

कारोबार


महिन्द्राको ‘एसपी प्लस’ ट्रयाक्टर नेपाली बजारमा

महिन्द्राको ‘एसपी प्लस’ ट्रयाक्टर नेपाली बजारमा

नेपालखबर
जेठ ९, २०७९ सोमबार २२:१६, काठमाडौँ

महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले आफ्नो सबै नयाँ ‘एसपीप्लस’ ट्रयाक्टर श्रृंखला नेपालमा सुरुवात गरेको छ।

यी ट्रयाक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरूद्वारा सञ्चालित छन्।

ट्रयाक्टरले कृषि र ढुवानी उपयोगहरूमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य राखेको छ।

नयाँ महिन्द्रा एसपी प्लस ट्रयाक्टरहरु क्रमशः जेठ ७, ८ र ९ गते क्रमसः  विर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको थियो। शुभारम्भ कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा लि. (भारत) र अग्नि ग्रुपका प्रतिनिधि, स्थानीय डिलर, स्थानीय उद्योग वाणिज्य संघ  र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। छिट्टै नै नयाँ एसपी प्लस सिरिजको ट्रयाक्टर यसै हप्तासम्ममा वीरगन्ज, चितवन र नेपालगन्जमा पनि सार्वजनिक (लन्च) हुने भएको छ। 

महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको कृषि उपकरण क्षेत्र, अन्तर्राष्ट्रिय कार्य सञ्चालन प्रमुख प्रकाश वाकंनकर भन्छन्, ‘बदलिँदो समयसँगै किसानहरूको विकासित भइरहेका छन् र कृषि उत्पादकत्व अभिवृद्धि गर्ने सन्दर्भमा सशक्तीकरणको उच्च स्तरको खोजी भइरहेको छ। नेपालमा परिष्कृत स्टाइलिङका साथ सबै नयाँ  एसपीप्लस श्रृङ्खला सुरु गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं। यो शक्तिशाली, कुशल इन्धन श्रृंखलाले किसानहरूलाई आफ्नो कमाइको क्षमता सक्षम बनाउँछ, जसले गर्दा यो कुनै सम्झौता नगरिएको ट्राक्टरको रुपमा स्थापित गरेको छ । यस सँगै बजारमा हाम्रो स्थिति थप मजबुत बनाउनेमा हामी ढुक्क छौं ।’

यस्तै, शुभारम्भको अवसरमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ भन्छन्, ‘किसानलाई अझ धैरै कार्य गर्न र आफ्नो कृषि उत्पादकत्वलाई अर्को स्तरसम्म पु¥याउन सक्षम बनाउने नयाँ एसपीप्लस श्रृङ्खला प्रस्तुत गर्न पाउँदा हामी गौरवान्वित छौं। यो नयाँ ट्रााक्टरले मुलुकमा खेतीपाती गर्ने तरिकामा पक्कै फरक पार्ने निश्चित छ। यस श्रृंखलामा उद्योगमै अग्रणी ६ वर्षे वारेन्टी पनि दिन्छ र यसले पूर्ण मानसिक शान्तिको ग्यारेन्टी दिन्छ। महिन्द्रासँगको हाम्रो सम्बन्धको ३० वर्ष पूरा गरिरहँदा यो अग्नि ग्रुपका लागि पनि गर्वको क्षण पनिहो, जुन एक किसिमले हाम्रा ग्राहकहरु प्रति हाम्रो प्रतिवद्धता, वर्गमा उत्कृष्ट भन्दा कम केही नपाउने सुनिश्चित गर्ने थप जिम्मेवारी हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .