नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका ४ मध्ये १ क्षेत्र मात्रै हेर्ने बताएका छन्।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्र बैंकलाई नै पूरै अर्थतन्त्रको रुपमा नलिन आग्रह गरेका हुन्।
उनले कार्यक्रममा भने, ‘रियल सेक्टर, एक्सटर्नल सेक्टर, फिस्कल र मनिटरी सेक्टरमध्ये अन्तिमको पार्टमात्रै हामी हेर्छौँ।’
ती सबै क्षेत्रको फरक भूमिका रहेको बताउँदै उनले यीबीच समन्वय हुने गरेको उल्लेख गरे।
पछिल्लो समय नेपालको आयात बढ्दा ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको बताए। कतिपय वस्तु नेपाल आएपछि शंकास्पद रुपमा हराउने गरेको उनको भनाइ छ।
सामान नआईकन भुक्तानी मात्रै भएको हुनसक्नेतर्फ उनको संकेत थियो। यसका साथै गभर्नर अधिकारीले यो वर्षको अन्त्यसम्म कर्जाको प्रवाह नियन्त्रणमा आउने उल्लेख गरे।
Shares

प्रतिक्रिया