ad ad

कारोबार


मारुती सिमेन्टलाई एनएस क्वालिटी अवार्ड

मारुती सिमेन्टलाई एनएस क्वालिटी अवार्ड

नेपालखबर
मंसिर ४, २०७६ बुधबार १०:१,

मारुती सिमेन्टले एनएस क्वालिटी अवार्ड प्राप्त गरेको छ।

एक दशक अगाडि स्थापना भएको कम्पनीले यसअघि नै क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा बिक्रीवितरणको लागि एनएस/आईएसओ ९००१ः२०१५ र क्लिंकर – क्रशिङ, ग्राइन्डिङ र क्लिंकराइजेशन एवं ओपीसी सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ)को लागि एन.एस/आई.एस.ओ १४००१ः२०१५ पाइसकेको छ । यी सम्मानहरुसँगै मारुती सिमेन्ट नेपालकै सर्वाधिक विश्वसनीय ब्राण्डको रुपमा स्थापित भएको कम्पनीले दाबी गरेको छ।

पूर्वाञ्चलको उदयपुर पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक रोटेरी टेक्नोलोजीको ग्रीनफिल्ड प्लान्टद्वारा सर्वोत्कृष्ट ओपिसी सिमेन्ट – मारुती सिमेन्टको उत्पादन भइरहेको छ। कम्पनीका ब्राण्ड म्यानेजर राजु श्रेष्ठले यसको मुख्य श्रेय सम्पूर्ण उपभोक्ता महानुभाव, शुभचिन्तकवर्ग तथा मारुती सिमेन्टसँग आबद्ध सम्पूर्ण सहकर्मीहरुलाई दिन चाहेको बताए।

उनले भने, ‘कम्पनीको तर्फबाट आभार व्यक्त पनि गर्दछौँ र आगामी दिनहरुमा पनि अझ दरिलो विश्वासको साथ आफ्नो गुणस्तरलाई अझ निखार्दै र मजबुत बनाउदै समृद्ध नेपाल बनाउने कार्यदिशामा सदैव अग्रसर रहिरहने छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .