कारोबार


बोइङले ७ हजार इन्जिनको समस्या समाधान गर्दै

बोइङले ७ हजार इन्जिनको समस्या समाधान गर्दै

नेपालखबर
मंसिर ४, २०७६ बुधबार ९:५७,

बोइङले ७ हजार इन्जिनको समस्या समाधान गर्ने घोषणा गरेको हो।

गतवर्ष साउथवेस्ट एयरलाइन्सको एक विमान दुर्घटनामा परेपछि उक्त दुर्घटना इन्जिनका कारणले भएको अनुसन्धानले देखाएको थियो।

बोइङले विश्वभर ६ हजार ७ सय ७३७ एनजी जेट विमान वितरण गरेको छ। ती सबै बिमानको इन्जिनको समस्या समाधान गर्ने बोइङले बताएको हो।

बोइङले यसै मोडलको अन्य सयभन्दा बढी विमान पनि उत्पादन गरिरहेको छ।

यसअघि बोइङकै दुईवटा ७३७ म्याक्स जेट विमान दुर्घटनामा परेको थियो।

Image result for boeing max

सन् २०१८ अक्टोबर २९ मा इन्डोनेसियाको लायन एयर फ्लाइट ६१० दुर्घटनामा पर्दा १ सय ८९ मानिको मृत्यु भएको थियो।

यसैवर्षको मार्च १० मा इथियोपियन एयरलाइन्सको फ्लाइट ३०२ दुर्घटनामा पर्दा १ सय ५७ जनाको मत्यु भयो।

दुवै विमान बोइङको ७३७ म्याक्स जेट थिए। त्यसपछि यस मोडलका दर्जनौ विमानहरु विश्वभर ग्राउन्डेड गरिएका छन्। बोइङले हालसम्म अरबौं डलर घाटा व्यहोरिसकेको छ।

बोइङले ग्राउन्डेड भएका विमानको क्षतिपूर्ति स्वरुप ५ अर्ब अमेरिकी डलर आफ्ना ग्राहक कम्पनीलाई तिर्ने योजना पनि बनाएको छ।

उक्त घटनाले भने बोइङका ७३७ एनजी मोडलको व्यापारमा कुनै असर नगरेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .