कारोबार


सहरकै अग्लो १० तले ‘बुटवल सिटी सेन्टर’ सञ्चालनमा

सहरकै अग्लो १० तले ‘बुटवल सिटी सेन्टर’ सञ्चालनमा

सुदीप भण्डारी
चैत ९, २०७८ बुधबार २१:२१, काठमाडौँ

बुटवलमा यस क्षेत्रमै अग्लो बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ।

स्तरीय होटल, सिनेमा हल, बैंक लगायतका सेवा एकै ठाउँमा उपलब्ध हुने गरी बुटवल सिटी सेन्टर सञ्चालनमा आएको हो। यो भवन बुटवलमा हालसम्मकै अग्लो भवन हो।

बहुउद्देश्यीय भवनमा होटल पाम इन्टरनेसनल सञ्चालनमा छ। होटलमा स्वीट रुम, मिनी स्वीट रुपम ४२ वटा लक्जरी कोठाहरु रहेका छन्।

त्यस्तै, ३ सय जना क्षमताको सेमिनार हल, सुविधासम्पन्न रेष्टुरेन्ट समेत रहेको होटल पाम इन्टरनेसनलका अध्यक्ष महेन्द्र नारायण श्रेष्ठले जानकारी दिए।

बुटवल सिटी सेन्टरमा क्युबक्स इन सिनेमा थिएटर पनि सञ्चालनमा आएको छ। बार्गो ट्वान्टी सी टुके प्रोजेक्टरसहित रहेका प्रत्येक थिएटरमा १९६ जनाले एकसाथ फिल्म हेर्न सक्ने छन्।

यस्तै, थ्री डी डिभाइस समेत जडान गरेर फिल्म हेर्न सकिने क्युबक्स सिनेमा प्रालिका अध्यक्ष धनबहादुर खत्रीले जानकारी दिए। चैत्र १० गतेबाट चलचित्र शुभारम्भ गर्न लागिएको उनले बताए।

६५ करोडको लागतमा व्यवसायिक भवन सञ्चालनमा ल्याएको र यसमा स्वीमिङ पुल, स्पा, क्यासिनो लगायतका समग्र सुविधा एकै ठाउँ प्राप्त गर्न मिल्ने गरी निर्माण भइरहेको बुटवल सिटी सेन्टरका अध्यक्ष समेत रहेका महेन्द्र नारायण श्रेष्ठले बताए।

यी सबै पूर्वाधार जोड्दा १ अर्बको लागत पुग्ने उनले जानकारी दिए। भवनमा फायर फाइटिङ, स्मोक डिटेक्टर, स्प्रिङ्कल तथा इमर्जेन्सी एक्जिटको व्यवस्था रहेको छ।

बुटवलमा आर्थिक चलायमानको सम्भावना प्रचुर भएकाले मध्यबजारमा सिटी सेन्टर निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .