ad ad

कारोबार


चार महिनामा विकास खर्च ६ प्रतिशत मात्रै

चार महिनामा विकास खर्च ६ प्रतिशत मात्रै

नेपालखबर
मंसिर २, २०७६ सोमबार १३:४८,

चालु आर्थिक वर्षको ४ महिनामा विकास खर्च गत वर्षको तुलनामा पनि कमजोर देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयले दिएको विवरण अनुसार चालू आर्थिक वर्षमा विकास खर्च ६ प्रतिशत मात्रै भएको देखिएको हो।

गत वर्ष यहि अवधीमा विकास खर्च झण्डै ९ प्रतिशत भएको थियो। चालू आर्थिक वर्षमा विकास खर्चको लागि सरकारले ४ खर्ब ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ। जसमध्ये हालसम्म २५ अर्ब ४२ करोड रुपैयाँ मात्रै खर्च भएको देखिएको हो।

त्यस्तै, सरकारले ल्याएको १५ खर्ब ३२ अर्ब रुपैयाँ मध्ये हालसम्म २ खर्ब २७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ। जुन १४ प्रतिशत हुन आउँछ। महालेखाको तथ्यांक अनुसार चालू खर्च २० प्रतिशत अर्थात ९ खर्ब ५७ अर्ब मध्ये १ खर्ब ९८ अर्ब रुपैयाँ खर्च भएको हो।

त्यस्तै, वित्तिय व्यवस्थापन तर्फ सरकारले छुट्याएको १ खर्ब ३९ अर्ब मध्ये १४ करोड रुपैयाँ खर्च गरेको देखिएको छ। यो शिर्षकमा छुट्याइएको बजेटको २ प्रतिशत हो।

यसैगरी यो अवधीमा राजश्व पनि २२ प्रतिशत मात्रै संकलन भएको छ। ११ खर्ब १२ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखे पनि हालसम्म २ खर्ब ६० अर्ब संकलन भएको महालेखाको तथ्याङ्कले देखाएको हो। जुन कुल लक्ष्यको २३ प्रतिशत हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .