आन्तरिक राजश्व विभागका महानिर्देसक विनोद बहादुर कुँवरले करले उद्योग व्यवसायमा नकारात्मक असर नहोस् भनेर व्यवसायीसँग छलफल गरेर करको दर टुंगो लगाउने बताएका छन्।
आठौं कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरको दोश्रो दिन आज नेपाल चेम्बर अफ कमर्सले चेम्बर भवनमा गरेको अन्तक्रियामा उनले प्रविधी मैत्री कर प्रशासनमा जोड दिनुपर्ने उल्लेख गरे।
महानिर्देसक कुँवरले कर शिक्षालाई प्राथमिकता दिँदै प्रणाली र प्रक्रियागत प्रणालीमा सुधार गरि कर कार्यालय नपुगि कर भुक्तानी र कर विवरण मोबाईलमा जानकारी दिने दिशामा भएकाले उद्योगी व्यवसायी एवम् करदाताको साथ अनिवार्य रहेको धारणा राखे।
कार्यक्रममा चेम्बर अफ ,कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक ऐन २०७६ लागू भएको चार महिना व्यतित नहुँदै अन्तशुल्क, करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने उल्लेख गरे।
कर लगाउँदा त्यति मात्र लिनु माहुरीले फूलबाट जति रस लिन्छ त्यति लिनु जसबाट फूलको महक पनि कम नहुने र मह पनि बन्ने जस्तो अवधारणाबाट अभिप्रेरित हुनुपर्ने उनले बताए। तर अत्यावश्यक मेगा प्रोजेक्ट र ठूला विकासका कार्य छ भने मात्र अधिक कर लिनुपर्ने व्यवस्था हुनुपर्ने अध्यक्ष श्रेष्ठले बताए।
उनले उद्यमी व्यवसायीले कर सम्बनधी कानून उल्लघंन गरेका पाइएमा उनिहरुलाई फौज्दारी अभियोग नलगाई आर्थिक जरिवानामात्र लगाउनु पर्ने धारणा राखे। अध्यक्ष श्रेष्ठले कर अधिकृतको स्वविवेकीय अधिकारलाई वस्तुपरक र निश्चित मापदण्डभित्र ल्याइनु बताए। उनाले सर्वसाधारणलाई अतिरिक्त व्ययभार नपर्ने गरी एकपटकको लागि विभिन्न करदाताले आफ्नो सम्पत्तिको स्वघोषणा गर्ने अवसर उपलब्ध गराइनुका साथै प्राप्त सूचनाको आधारमा सरकारले पर्पर्टी इन्डेक्स पनि तयार गर्नु पर्ने दाबी गरे।
राष्ट्र बैंकको तत्थ्यांक अनुसार आ।व। २०७५/७६ मा राजश्व परिचालन रु।८६५ अर्ब ५५ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधीमा सरकारको कूल राजश्व रु ७२६ खर्ब ७२ करोड रहेको थियो। यस आ।व।वर्ष २०७६÷७७ को दुई महिनाको राजश्व संकलन १४१ अर्ब ५१ करोड रहेको र सो अघिल्लो वर्षको सोही अवधिमा रु ११९ अर्ब २० करोड रहेको थियो।
२०७४/७५ को तुलनामा २०७६/७७ मा १६ प्रतिशतले राजश्व वृद्धि भएको र आव २०७६/७७ को दुई महिनामा सो वृद्धि करिब १५।७ प्रतिशतले वृद्धि भएबाट राजश्वको उठती वृद्धि भैरहेको छ। सोही अवधिमा खर्च भने ५३ प्रतिशतले घटेको कटु यथार्थ रहेको छ।
कार्यक्रममा न्यू ब्यालेन्ट होम र युथ चेम्बर अफ कमर्सबीच कर सम्बन्धी तालिम दिनेबारे सम्झौता भएको छ। होमका अध्यक्ष कुमार थापा र चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमयले सम्झौता पत्रमा हस्ताक्षर गरे।

प्रतिक्रिया